५ जेष्ठ २०८१, शनिबार

 

सुनको भाउ बढ्यो, तोलामा कति ?

सुनको भाउ फेरि बढेको छ । मंगलबार प्रतिताेला तीन सय रूपैयाँले बढेर ७५ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार र आइतबार तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको भाउमा उतारचढाब भइरहँदा कारोबारमा प्रत्यक्ष असर परेको व्यवसायीहरूले बताउँदै आएका छन् ।

यस्तै मंगलबारै चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्