३ श्रावण २०८३, आईतवार

 

‘कालो कौवा’ सार्वजनिक

लोकदोहोरी गायक दिपिन साहानीको नयाँ गीत ‘कालो कौवा करायो’ सार्वजनिक भएको छ । गायक साहानी र गायिका लक्ष्मी मल्लको आवाज रहेको उक्त गीतमा लय र शब्द साहानीकै छ । गीतको एरेन्ज आशिष अविरलले गरेका छन् ।

भिडियोमा चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । त्यस्तै भिडियोको सम्पादन विष्णु शर्माको छ । साहानीले यसअघि पाँचवटा गीति एल्बम बजारमा पस्किसकेका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung