२१ बैशाख २०८१, शुक्रबार

 

चन्द्रागिरिमा नगर अध्यक्ष र व्यवसायीको जमघट

७८ वटा नगरपालिकाका अध्यक्षसहित विभिन्न जिल्ला उद्योग वाणिज्य संघका १२७ पदाधिकारीले चन्द्रागिरि केबुलकार तथा हिल्स रिसोर्ट अवलोकन गरेका छन् । अनौपचारिक भ्रमणमा रहेका उनीहरूलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा महाप्रबन्धक अभिषेकविक्रम शाहले स्वागत गरे ।

पदाधिकारीहरूले चन्द्रागिरि देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको भन्दै आगामी दिनमा आ–आफ्नो जिल्लामा पनि यस्तै पर्यटकीय गन्तव्यको विकास विकास गर्ने बताए ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिसोर्टलगायत पूर्वाधार निर्माण गरेर एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्