२४ भाद्र २०८३, बुधबार

 

बागलुङ बजारदेखि भिमापोखराको डोहेरीसम्म मोटरसाईकल र्याली हुने

धार्मिक, तथा प्राकृतिक हिसाबले महत्वपुर्ण रहेको भिमापोखराको डोहेरी देखि दारेगौँडा सम्मको क्षेत्रलाई प्रचार प्रसार गर्न मोटरसाईकल ¥याली गरिने भएको छ । यसबर्षको महासिवरात्रि मेलाको अवसरमा बागलुङको काठेखोला गाउँपालिका २ भिमापोखरामा महासिवरात्री मेला तथा मोटरसाईकल र्याली गरिने भएको हो ।

फागुन ९ गते बिहान ७।३० बजे कालिका भगवति मन्दिरबाट शुरु गरेर भिमादरबार, डोहेरी गाउँ हुदैँ दारेगौँडाको अवलोकन सहित शिवालय आधारभुत विद्यालयमा आएर टुंगिने बताईएको छ । सो स्थानमा बिगत ३८ बर्षदेखी बर्षेनी शिवरात्री पर्वलाई बिशेष मेलाको रुपमा मनाउदै आएको वडा कार्यालयले जनाएको छ ।

पुष्पाञ्जली ग्रामिण विकास केन्द्र भिमापोखरा २ को व्यवस्थापन तथा जिल्ला पर्यटन विकास समिति बागलुङ काठेखोला गाउँपालिका २ भिमापोखरा कालिका भगवति गुठी व्यवस्थापन समितिले संयुक्त रुपमा महासिवरात्री मेला मनाउन लागेको बुधबार बागलुङमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।

पर्यटन बर्ष सन २०२० लाई सहयोग पुर्याउने एबं भिमापोखरामा रहेका पुरातात्विक धार्मिक पर्यटकिय क्षेत्रको विकास र पर्वद्धन गर्ने उदेश्यले मेलाको आयोजना गरिएको पुष्पाञ्जली ग्रामिण विकास केन्द्र भिमापोखराका अध्यक्ष बिक्रम शर्माले जानकारी दिनुभयो । आगामी फागुन ९ गते पेरको शिवरात्री पर्वका अवसरमा मोटरसाईकल र्याली सहितका बिभिन्न कार्यक्रम गरिने शर्माले जानकारी दिनुभयो ।भिमापोखरा आफैमा प्रसस्त पर्यटकिय सम्भावना बोकेको क्षेत्र रहेको चर्चा गर्दै शर्माले–महाशिवरात्री लाई सभ्य र भव्य रुपमा मनाई पर्यटन प्रबद्धन र बिकासका लागि सबै एकहुनुपर्ने बताउनुभयो । सो अवसरमा बोल्दै काठेखोला गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष बिद्यापति शर्माले पर्यटन बर्ष सन २०२० लाई सफल बनाउन सबै सरोकारवाला आ–आफ्नो क्षेत्र बाट लाग्नुपर्ने बताउनुभयो ।

भिमापोखरा स्थित दारेगौडा, भिमादरबार, थाप्लेको धुरी गुनगुने धुरी महारानी थान तथा भुमेथान लगायत प्रसस्त पर्यटकिय सम्भावना बोकेका क्षेत्र रहेपनि प्रचार प्रसारको कमीले ओझेलमा परेकाले महा–शिवरात्री पर्वलाई बिशेष कार्यक्रमका साथ मनाउने निर्णय गरिएको हो । मेला भिमापोखरा स्थित शिवालय आधारभुत बिद्यालय भिमापोखरा २ सिममा संचालन गरिने आयोजकले बताएका छन् ।

मेलामा सामुहिक नृत्य, भजनकृतन, वडा स्तरिय भलिबल प्रतियोगिता लगायतका कार्यक्रम संचालन हुने वडा अध्यक्ष शर्माले जानकारी दिनुभयो । कार्यक्रम कालिका भगवति गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष राजु खड्काको अध्यक्षता र कोषाध्यक्ष निसान खड्काको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung