३ श्रावण २०८३, आईतवार

 

एनआइसी एसिया बैंकले माग्यो १५० जना कर्मचारी

एनआइसी एसिया बैंकले १५० जना कर्मचारी माग गरेको छ । बैंकले काठमाडौं उपत्यका र बाहिरसमेत गरेर ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले ट्रेनी असिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो । ब्यवस्थापनमा स्नातक गरेकाले जागिरका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

उमेर १८ वर्ष पूरा भएर ३० वर्ष ननाघेको तथा स्नातकमा कम्तिमा ५० प्रतिशत अंक ल्याएकोले आवेदन दिन सक्नेछन् । बैंकले छनोट भएका कर्मचारीलाई सातैवटा प्रदेशका आफ्ना कार्यालयमा पठाउने छ । बैंकको जागिरका लागि आउँदो ४ तारिखसम्म आवेदन दिइसक्नु पर्छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung