२ जेष्ठ २०८१, बुधबार

 

फेसबुकको नयाँ नीति : भ्वाइस रेकर्डिङ गरे पैसा !

फेसबुकले आफ्ना प्रयोगकर्तालाई पैसा बाँड्ने नीति लिएको छ । फेसबुकले प्रयोगकर्तालाई भ्वाइस रेकर्डिङ गरेबापत पैसा दिने भएको हो । कम्पनीले भ्वाइस रिकग्निसन टेक्नोलोजीलाई सुधार गर्न यस्तो गर्न थालेको हो ।

डाटा प्राइभेसीसँग जोडिएको फेसबुकको प्रभावकारिता हाल सबैमाझ सार्वजनिक भइसकेको अवस्थामा यस कामको पछाडिको कारण के हो भन्न बुझिएको छैन । हालै सार्वजनिक एक रिपाेर्टअनुसार फेसबुकले भ्वाइस रेकर्डिङ गर्नेहरुलाई अंग्रेजीमा ‘हे  पाेर्टल’ बोलेपछि फेसबुक फ्रेन्डलिस्टको अगाडिको पहिलो नाम बोल्नुपर्नेछ ।

रिपाेर्ट अनुसार यदि प्रयोगकर्ताले आफ्ना फ्रेन्डहरूको नाम १० पटक लिन सक्दछन भने प्रत्येक स्टेटमेन्टलाई दुईपटक रेकर्ड गराउनुपर्नेछ । एक सेट रेकर्डिङ पुरा गरेपछि युजरले २०० प्वाइन्ट्स पाउनेछन् । यद्यपि १०,००० प्वाइन्ट्स नपुगी पैसा भने पाइनेछैन।

यसको कारोबार पेपालको माध्यमबाट गरिनेछ र रेर्कडको रुपमा यस प्रोग्राममा भाग लिने युजरलाई पाँच डलर प्रदान गरिनेछ । फेसबुकका अनुसार प्रयोगकर्तालाई पाँच सेट रेकर्डिङकाे मौका प्रदान गरिनेछ ।

रिपाेर्टअनुसार फेसबुकले प्रयोगकर्ताबाट प्राप्त भ्वाइस रेकर्डिङलाई कम्पनीको प्रोफाइलसँग कनेक्ट नगरिने बताइएको छ । पोलिसीको अनुसार कम्पनीले आफ्नो भ्यु प्वाइन्ट्सको एक्टिभिटी फेसबुक वा फेसबुकको अरु प्लेटफर्ममा युजरहरूकाे अनुमतिविना सेयर गर्न पाइनेछैन ।

प्रतिक्रिया दिनुहोस्