३ श्रावण २०८३, आईतवार

 

नेपाली उत्पादन ‘गोफी ब्रान्ड’ बजारमा

नेपालमै उत्पादित तयारी पोशाक ‘गोफी ब्रान्ड’ लन्च भएको छ । मनकामना गार्मेन्ट उद्योगद्वारा उत्पादित र साहस ट्रेडिङ प्रालिद्वारा बजारमा ल्याइएको गोफी ब्रान्ड शुक्रबार राजधानीमा कार्यक्रम गरी ‘लन्च’ गरिएको हो ।

स्वदेशी उत्पादनले नेपालीको पहिचान झल्काउने र आत्मनिर्भर पनि बनाउने उद्देश्यले गोफी ब्रान्ड लन्च गरिएको सञ्चालक सुमित प्रधानले बताए । ग्राहकले छोटो समयमै अत्याधिक रुचाएकाले विश्वभर ‘गोफी ब्रान्ड’ ले थप उचाइ लिने विश्वास व्यक्त गरे ।
उपभोक्ताहरुलाईे गुणस्तरीय सामान दिन, नेपाली अर्थतन्त्रलाई प्रत्यक्ष योगदान दिने र आफनो पृथक पहिचान निर्माण गर्न गोफीको तयारी पोशाक बजारमा ल्याएको संचालक सुमित प्रधानले बताए ।

आफनो घरको कपडा व्यापारमा आफु चौथो पुस्तामा आइ पुग्दा नेपाली बजार र विश्वको प्रमुख शहरुहरुमा गोफीको उत्पादन पुरयाउँने उच्च आंकाक्षाका साथ आफु यो व्यवसायमा लागेको संचालनक प्रधानले बताए ।यो व्यवसायमा ठुलो चुनौति र जोखिम भए पनि नेपाली उपभोक्ता र विश्व बजारले आफुलाई साथ दिने विश्वास प्रधानले व्यक्त गरे ।

फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालबाट र अनलाइनबाट पनि ग्राहकले अडर गर्न सक्ने र घरमै पु¥याउने सुविधा समेत रहेको उद्योगले जनाएको छ ।

‘अहिले गोफी ब्रान्डका कपडा काठमाडौं उपत्यकामा मात्र उपलब्ध छन् । अब पोखरा र अन्य शहरमा विस्तार गर्ने योजना छ,’ प्रधानले भने ।

कपडाको सम्पूर्ण अर्डर अनलाइनमार्फत लिने र उपभोक्ताले चाहेको स्थानसम्म र्पुयाउने उद्देश्यसाथ ‘गोफी फेसन‘ वेबसाइट लन्च पनि गरिएको गरिएको छ ।

मनकामना गार्मेन्ट उद्योगद्वारा उत्पादित गोफी अर्थात् ‘जेनेरेशन अफ फेशन इन्ड्रस्ट्री’ ब्रान्डले युवामाझ विभिन्न प्रकारका नेपाली तयारी पोशाक बजारमा ल्याएको छ । उद्योगका अनुसार २१ प्रकारका जेन्स पाइन्ट,टि सर्ट ,२४ प्रकारका बेल्ट, ४० प्रकारबढी सर्ट र १० प्रकारका सुइटर बजारमा उपलब्ध छन् ।

सञ्चालक प्रधानले भने ‘वर्षेनी ७० अर्ब भन्दा बढी रुपैयाँका कपडा विदेशबाट आयात हुने गरेको तथ्यांक छ, त्यो तथ्ंयाकलाई घटाएर जाने र स्वेदशी उत्पादन प्रयोग गर्ने हो भने देशको अर्थतन्त्रमा उल्लेख्नीय वृद्धि हुन्छ ।’

ब्रान्ड लन्च कार्यक्रममा पस्मिना उद्योग संघका निर्वतमान उपाध्यक्ष पुष्पमान श्रेष्ठले स्वदेशी उत्पादनमा निर्भर हुने र विदेशबाट आयातित वस्तु कम प्रयोग गर्ने हो भने देशमा रोजगारीको वातावरण सिर्जना हुने बताए । कार्यक्रममा बागलुङ कल्याण केन्द्र काठमाडाैंका पूर्व अध्यक्ष सुमन शाक्य, व्यवसायी जेनु प्रधान, हास्यकलाकार जितु नेपाललगायतले शुभकामना मन्तव्य दिएका थिए ।मनकामना गार्मेन्ट उद्योगले ८० जना श्रमिकहरुलाई प्रत्यक्ष रोजगारी समेत दिएको छ ।

   

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung