५ श्रावण २०८३, मंगलवार

 

किसानलाई २५ प्रतिशत नाफा हुने गरी उत्पादनकाे मूल्य तोक्छौँ – मन्त्री भूसाल

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले ६० वर्षदेखि सुधार नभएको कृषि क्षेत्रको सुधारमा आफू लागेको बताएका छन् । जनताले कृषिमा नयाँ नीति सहितको जीवनस्तर सुधार्ने प्रणाली खोजिरहेकाले त्यसको अध्ययनमा आफू लागेको बताएका हुन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै उनले भने, ‘जनतलाई विकास दिनुपर्छ, विकास बलियो भएन् भने दलाल पूजीवादको दवदबा बढ्छ ।’

पत्रकार सम्मलेनमा मन्त्री भूसालले हरेक किसानलाई उत्पादन सामग्रीमा अनुदानदेखि ५ प्रतिशत ब्याजमा ऋण दिने समेत बताएका छन् ।

उत्पादन लागतको मूल्यांकन गरी त्यसमा न्यूनतम २५ प्रतिशत नाफाको सुनिश्चित गरी समर्थन मूल्य तोकिने र बजारमा सो मूल्यमा बिक्री नभए सरकारले अनिवार्य रुपमा किन्ने व्यवस्था मिलाउने उनले बताए । किसानको बालीको संरक्षणका लागि बाली बिमा सुरक्षित गर्न सरकारले योजना बनाएको जानकारी दिए ।

मन्त्री भूसालले कृषि विकासमा कृषि प्राविधिकको आवश्यक भएकाले ६ हजार कर्मचारीको परिपूर्ति गरेर मन्त्रालयका कामलाई अझै प्रभावकारी बनाउने बताए । भ्रष्ट्राचारको कुरा गर्दै आफू मातहतको मन्त्रालयले अनियमितता नगर्ने र त्यस्तो भएमा कानुनी कठघरमा उभ्याउने बताए ।

भुसालले नेपालको कृषि क्षेत्रलाई परिवर्तन ल्याउन सुधारका पाँच आधार प्रस्तुत गरेका छन् । पहिलो बुँदामा उत्पादनमा सामग्री, दोस्रोमा सबै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवा, तेस्रोमा सस्तो र सुलभ ऋण, चौथोमा बाली तथा पशुपन्छी बिमा र पाँचौंमा न्युनतम बचत ग्यारेन्टी गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung