१० कार्तिक २०८३, सोमबार

 

कोरोनाको चिहानमा फुलेको एउटा आशा

आज सारा विश्व सन्त्रस्त छ, भयभीत छ र छ किंकर्तव्यविमूढको अवस्थामा । सबैको मुखमा एउटै समाचार छ ‘ला, आज त ३००० भन्दा बढीको मृत्यु भइसकेछ नोबल कोरोना भाइरस (कोविड–१९) का कारण ।’

‘हैन आज त १५००० पुगिसक्यो रे त मर्नेको सङ्ख्या ।’ डिसेम्बर ३०, २०१९ मा चीनको हुवेइ प्रान्तको वुहान शहरमा देखापरेको यो भाइरसको प्रकोप त्यहाँ करिब साम्य भैसकेको खबर छ, तर यो त्यहाँबाट विभिन्न देश हुँदै आज अप्रिल ४, २०२० मा आइपुग्दा फ्रान्स, जर्मनी, इटाली, स्पेन हुँदै अमेरिकालगायतका कतिपय विकसित राष्ट्रहरुका समेत बरिब ११ लाख मानिसहरुलाई सङ्क्रमित तुल्याइसकेको समाचार सुन्नमा आएको छ ।

यो भाइरसले इन्फ्लुएन्जा हुँदा जस्तै रुघा, खोकी, सास फेर्नमा कठिनाई हुने र १००.४० फारेनहाइटसम्मको ज्वरो भएमा यो रोग लागेको हुन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

यसबाट बच्नका लागि सङ्क्रमण भएको व्यक्तिसँग भेटघाट नगर्ने, भेट भएपनि हात नमिलाउने, टाढैबाट नमस्कार गर्ने, घटीमा १ मिटरको दूरी कायम गर्ने, मास्क र स्यानिटाइजर प्रयोग गर्ने तथा बेलाबखत साबुन पानीले २० सेकेन्डसम्म हात मिची–मिची धुने जस्ता सतर्कताका सन्देशहरु विभिन्न सञ्चार माध्यमबाट सचेत बनाउने काम नेपालमा विगत एक महिनादेखि नै भैरहेको छ ।

त्यस्तै सङ्क्रमित स्थलबाट आएका मानिसहरु आफै घटीमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने हो भने सङ्क्रमण नहुने बताइएको छ । यसो गरेमा यो रोगबाट बच्न सकिन्छ । त्यसो त हाम्रो भान्छामा राखिएका जीरा, मरिच, बेसार, मेथी, लसुन, अदुवा, तथा बत्तीस मसलामा मिसाइने टिम्मुर, सिल्टिम्मुर, ल्वाङ, सुकुमेल, सोँप, जाइफल, जाइपत्री, पिपला, दालचिनी, तेजपत्ता, आदि पनि त्यत्तिकै प्रभावकारी मानिदो रहेछ यो भाइरससँग लड्न ।

हाल कतिपय राष्ट्रमा लकडाउनको घोषणा गरिएको छ । तर प्रजातन्त्रको पहरेदार ठान्ने विकसित राष्ट्रहरुले व्यक्ति विशेषको स्वतन्त्रता हनन हुन जाने भन्दै लकडाउन गर्न नसक्दा एकै दिन एउटै देशमा ५००÷७००÷९०० भन्दा बढी जनताको मृत्युको खेती गर्दैछन् ! क्या ताज्जुबलाग्दो छ ।

आज नेपालमा थुप्रै मानिसहरु सरकारद्वारा घोषित लकडाउन आफ्नै लागि हो भन्ने वास्तविकतालाई स्वीकारी आफ्नो मात्र होइन आफ्नो समुदाय वा समाजको पनि सुरक्षाका खातिर घरभित्रै बसी आत्मरक्षाको बाटोमा संलग्न छन् । तर यो बाल, बृद्ध र बनिताका लागि महाकहर सावित भइरहेछ ।

ज्याला मजुरी गरी गुजारा गर्नेहरुका लागि यो अत्यन्त कष्टकर भएको छ । कताकतै जिम्मेवार स्थानीय सरकारले गरिबीको रेखामुनि रहेका आफ्नो पालिकाका जनतालाई घर–घरमा रासनपानीको व्यवस्था गरी सोको वितरण गर्न थालेको समाचार सुन्नमा आएको छ । (उदा. काठेखोला गाउँपालिका, बागलुङ) विभिन्न संघ–संस्थाहरुले सहयोगको हात अगाडि बढाइरहेको समाचार पनि सुन्नमा आएका छन् । सम्बन्धित जनप्रतिनिधिहरु र संघ–संस्थाहरु सबै निःसन्देह प्रशंसाका पात्र छन् ।

लकडाउन भएपछि कतिपय युवाहरुले आफ्नो स्वतन्त्रतामाथि तुषारापात गरिदिएको महसुस गरेका छन् । घरमा ढलेको कूचो नउठाउने, सिन्को नभाँच्ने, सधैँ लखरलखर बाहिर मात्र हिँडिरहने अनि एक–आपसमा मेलजोल गरी आफ्नो मात्र दूनो सोझाउनेहरुलाई अत्यन्त छटपटी छुटेको छ यो समयावधिमा ।

तास खेल्न त पाइएन पाइएन, अहिले न स्नुकर, न क्यारमबोर्ड, न देशी विदेशी शराब भरिएको गिलासको चियर्स नै । सबै घरभित्रै बन्धनमा छन् जेलभित्र थुनिएजस्तै । तथापि कोही हाम्रा प्रधानमन्त्रीले सिकाएको भिडियो कन्फरेन्स गरी चियर्स गर्ने गरेको चर्चा पनि कताकतै सुन्नमा नआएको भने होइन ।

अहिले समय काट्न पनि अति गा¥हो भइरहेछ । कहिले टीभीमा भुल्याछ, कहिले आइप्याडमा व्यस्त त कहिले मोबाइल घोप्टो प¥याछ । सबैमा आफन्तहरुलाई सतर्क पार्ने गर्छन् – ‘बाहिर ननिस्कनू है ।’ हेर, ‘हुलमुलमा जीऊ जोगाउनु, अनिकालमा बीऊ जोगाउनु’ रे । यस्तै यस्तै ।

घरबाट फुत्किने अनि बाहिर मात्र हिँड्न रुचाउनेहरुको एउटा बानी परेको हुँदो रहेछ – चुरोट पिउने, बियर रक्सी पिउने । कोही त अझ योभन्दा ‘प्रगतिशील कदम’ (?) चाल्नेहरु पनि हुँदा रहेछन् ।

टीभी, आइप्याड, ट्याब्लेट, ग्याजेट, ल्यापटप र मोबाइल चलाउँदै गर्दा बेलाबखत आउने सूचनाले “आज फलानो ठाउँमा यति मरे, ढिस्कानो ठाउँमा यति सङ्क्रमित भए । सतर्क बनौं है, घरमै बसौं, आपूm पनि बाँचौं र आफ्नालाई पनि बचाऔं र आफ्नो ठाउँको सभ्यताको परिचय दिऔं । बाहिर घुमिरहने काम त भुस्याहा कुकुरको पो हो !” यस किसिमका सचेतनाका सन्देशहरु आवारा युवाहरुका लागि रुखो व्यङग्य बनेको अवस्था छ ।

अप्रत्याशित रुपमा विकसित भइरहेको यो भयावह स्वास्थ्य स्थितिबाट मै हुँ भन्ने विकसित राष्ट्रहरुसमेत हार खाइरहेका छन् । कतिपय डाक्टरलगायतका स्वास्थ्यकर्मीहरु पनि बिरामीहरुको उपचारको क्रममा हताहत हुन पुगेका छन् । यसले ठूलो, सानो, धनी, गरिब, नेता, जनता, उँच, नीच कसैलाई छोडेको छैन ।

जसले बेवास्ता ग¥यो ऊ मृत्युको मुखमा पुग्यो वा अनावश्यक रुपमा असह्य मानसिक तनावमा रहनुपर्ने हुन्छ । कतिसम्म भने स्पेनकी राजकुमारी पनि यसै भाइरसको शिकार बनिसकेकी छिन् । जर्मनीका एक मन्त्रीले यो भाइरसका कारण उत्पन्न हुन सक्ने तनावबाट भयभीत भै आत्महत्यै गरे ।

क्यानडाका प्रधानमन्त्रीका श्रीमती तथा बेलायतका राजकुमार चाल्र्स पनि यसको शिकार बनी सङ्क्रमित अवस्थाबाट गुज्रिरहेछन् । हुन पनि १ जनाबाट एक लाखमा सङ्क्रमण हुन १०९ दिन लागेको यो भाइरसको विस्तार यति तीब्र छ कि तीन लाखबाट चार लाखको सङ्ख्यामा सङ्क्रमण हुन २ दिन मात्र लाग्यो ।

आज १०,९९,३८९ जना सङ्क्रमित भै ५८९०१ जनाको मृत्यु हुँदै गर्दा सभ्यताको शिखर ठानिने इटालीमा करिब १४६८१ जनाको मृत्यु भएको छ । विश्वमा आपूmलाई सर्वशक्तिमान सम्झने देश अमेरिकामा सङ्क्रमितको सङ्ख्या करिब २ लाख ७८ हजार र ७१५२ जनाले मृत्युवरण गरिसकेको अवस्था छ ।

ष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा मात्र मृतकको सङ्ख्या १ लाख नाघ्न सक्ने पूर्वानुमान गरी आफ्नो हतास मनस्थितिको परिचय दिन पछि परेको देखिएन ।

अहिलेको यो महामारी प्रथम तथा द्वितीय विश्वयुद्धभन्दा पनि भयङ्कर नरसंहारकारी सिद्ध भएको छ । सन् १८१४–१६ को नेपाल–अङ्ग्रेजको युद्धमा भएको सम्झौतापछि नेपालले ब्रिटिश सेनाको गोरखा भर्ती कार्यक्रममा सहायता गर्नुपर्ने शर्त ब्रिटिश सरकारले राख्यो र नेपाल सरकारले यसलाई स्वीकार ग¥यो ।

यति मात्र हैन सन् १९५० को नेपाल–भारतबीचको सन्धिपछि नेपालले भारतमा पनि गोरखालीको नाउँबाट भर्ती गराउने गरेको छ । यी सम्झौता र सन्धिअनुसार नेपालले ब्रिटिश सेना र भारतीय सेनामा नेपालीहरुलाई भर्ती गर्न पठाउने प्रचलनलाई नेपालका कम्युनिष्ट समर्थकहरुले आजभन्दा ६०÷७० वर्षअघिदेखि नै विरोध गर्ने गरेका हुन् जबकि त्यसमा सम्बन्धित राष्ट्रहरुले नियुक्तिको व्यवस्था गरेको हुन्छ र भर्ती भएका नेपालीहरुलाई निश्चित तलबमान, भत्ता, सुविधा र पेन्सन तथा उपचार खर्चसमेतको व्यवस्था रहेको छ ।

त्यसो त यो पङ्क्तिकारले त्यो ठीक छ भन्न खोजेको होइन, केवल तुलनात्मक अध्ययन मात्र यहाँ प्रस्तुत गरिएको हो । तर आज तलब तथा सुविधाका कुरा त के गर्नु ? सामान्य रोजगारीको समेत ग्यारेन्टी नहुँदा पनि आजको सरकारले रेमिट्यान्स भित्रिने नाउँमा कैयन् नेपालीहरुलाई घरको न घाटको हुँदा पनि वैदेशिक रोजगारीमा खुलेआम छोडेका छन् । शायद नेपाल श्रम बजारमा पूर्ण प्रतिस्पर्धा गर्न सक्षम भएर होला !?

नेपाल सरकारले आफ्नै देशभित्र उद्योगधन्धा, कलकारखानाको स्थापना र विस्तार गरी आवश्यकीय वस्तुको प्रयोगका लागि आत्मनिर्भर बन्ने कुनै योजना बुनेको छैन, बल्कि वैदेशिक रोजगारीलाई खुल्ला पारी वैदेशिक मुद्रा आर्जन गरेपछि सुखी र समृद्ध जीवन जिउन सक्ने सपना देखिरहेको छ ।

यो मलाई लाग्छ आकाशको फल मात्र हो । हरेक नेपालीमा एउटा मानसिकताले घर गरेको छ – आफ्नो घरपरिवारका कुनै सदस्य विदेश पठाउन सके ऊ मालामाल बन्न सक्छ । सम्पन्न बन्न सक्छ र समृद्ध हुन सक्छ ।

आज नेपाल पनि कोरोना भाइरसको प्रकोपबाट आक्रान्त छ । बागलुङ बजार भने झन् रेड जोनमै दर्ज भएको छ भन्दा पनि फरक नपर्ला । यो सानो बजारमा पनि आज दुईजना सङ्क्रमित भेटिइसके ।

ती परिवारका अन्य सदस्यहरुको ‘स्वाव’ परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ, यसले हामीलाई केही सन्तोषको सास फेर्ने वातावरण सिर्जना गरेको भएतापनि सबैले आत्मरक्षाका चरणहरुलाई अपनाउँदै सम्बन्धित निकायले अझ हप्ता दश दिनमा पुनः परीक्षण गर्ने कष्ट उठाउन पर्ने हो कि ? किनकि यो कोरोना भन्ने भाइरस जन्तुलाई कुनै लोकलाज छैन, विना निम्तो जहाँकहीँ पनि हाजिर हुँदो रहेछ ।

यो भाइरस हाम्रो थलो र नेपालको लागि विदेशको भयावह कोसेली बनेको छ । विदेशमा गएर फर्केकाहरुमै यो रोगको लक्षण देखा परिरहेको छ । आजसम्म जतिपनि प्राणघातक रोगहरुको बिगबिगी भएको छ, त्यो सबै विदेशकै ‘प्रसाद’ हो, विभिन्न किसिमका भाइरसहरुकै कारणबाट हो ।

चाहे त्यो एच्आइभी एड्स् होस् वा त्यो इबोला होस्, चाहे त्यो सार्स होस् वा त्यो बर्डफ्लू÷स्वाइनफ्लू नै किन नहोस् यी सबै विदेशबाटै विश्वका विभिन्न मुलुकमा फैलिएका हुन् । फलतः आजको स्थितिमा कतिपय सर्वसाधारणमा पनि विदेशको बसाइ र यी प्राणघातक रोगको प्रकोप सम्झँदा एउटा वितृष्णा जागेको छ विदेशप्रति ।

वैदेशिक रोजगारीलाई पूर्वजन्मको कमाइ सम्झँदै स्वदेशको सेवा गरी दुःखजिलो गर्नेहरुप्रति उपहास गर्नेहरु पनि हाम्रो देशभित्र नपाइने होइन । कतिसम्म भने विदेशमा गै धनसम्पत्ति जोड्ने नाउँमा ३÷४ महिनाका शिशुलाई बृद्ध बाबुआमाको जिम्मा लगाई जापान, कोरिया, बेलायत आदि देश जान पाउँदा गर्व गर्नेहरुको पनि कमी छैन र बालबालिकाहरु आमाबाबुको माया ममता र दिशानिर्देश नपाउँदा आफ्नो दायित्व र कर्तव्यबाट विमुख भई गैरजिम्मेवार बन्दै गइरहेको अवस्था विद्यमान छ ।

कोरोना भाइरसको वर्तमान महामारी समाधानको एउटै मात्र समाधान स्व–नियन्त्रण र आत्मानुशासन नै हो । उचित खान–पान, आहार–विहार, नियमित व्यायाम, सर–सफाइ तथा कुनै न कुनै कार्यमा व्यस्त बनाउने कार्य नै यो प्राणघातक रोग भगाउने प्रमुख उपाय हो । नेपाल एक गरिब राष्ट्र हो ।

आज पनि यहाँका करिब ३०∞ भन्दा बढी मानिसहरु गरिबीको रेखामुनि छन् । यहाँका धेरै मानिसहरु बेरोजगार छन् । यसको समाधानका लागि कुनै पनि सरकारले जिम्मेवारीपूर्ण सोच र योजना बनाएको छैन । यहाँको शहर, बजार, र गाउँ–ठाउँमा चुरोट–खैनी, बियर, रक्सीका अतिरिक्त लागूपदार्थसमेतको प्रयोग दिनप्रतिदिन बढ्दै गैरहेको छ ।

यी पेय पदार्थहरु बजारमै उपलब्ध छन् । यद्देपि राज्यले केही पेय पदार्थलाई खुला ठाउँमा प्रयोग गर्नमा बन्देज लगाएको छ तापनि बजारमा उपलब्ध हुन नसक्ने गाँजा र चरेस (अत्तर) बाहेकका धेरैजसो लागुपदार्थहरु विदेशमै उत्पादन हुन्छन् र विदेशी राष्ट्रहरुबाटै नेपालमा लुकाइ–छिपाइ आयात हुने गरेको सुनिन्छ् ।

विकसित देशका धनाढ्य व्यक्तिहरुले गरिब मुलुकका युवाहरुलाई लागुपदार्थको सेवनमा लठ्ठयाई रजाइँ गर्ने गरेको तथ्य यी युवाहरुलाई के थाहा ? एकातिर पैसाको नाश अर्कोतिर अनमोल जीवनको बनिबास अथवा सर्वनाश ।

अहिले कोरोना भाइरसका कारण उत्पन्न यो जटिल अवस्था र समयलाई सकारात्मक रुपमा लिई सही तवरबाट प्रयोग गर्न सकेको खण्डमा आजसम्म विभिन्न कुलतमा फँसेकाहरुले आपूm दृढ बनी एक अर्कोबाट टाढा रहनका निमित्त मन बाँध्न जरुरी छ । परिवर्तन मानिसको जीवन हो ।

हाम्रो जीवनमा अनिष्ट निम्त्याउने यी चीजहरुलाई एकपटक प्रयोग गरिसकेकाहरुले अबको समय भनेको यो अमूल्य जीवनरुपी डुङ्गालाई सन्मार्गतर्फ डो¥याउने महान अवसर हो भन्ने कुरा बुझ्नु जरुरी छ । जीवनमा पहिलो कुरा घर, परिवार र देश नै हो भन्ने सत्य यो कोरोना भाइरस नामको जन्तुले हामी सबैमा अनुभूत गराएको हुनुपर्छ । परिवारमा एकजनालाई दुखेको घाउले सबैलाई दुःखी तुल्याउँछ भन्ने कुरालाई बुझौँ ।

वास्तवमा यो लकडाउनको समयमा यी सबै लागुपदार्थको सेवनबाट आपूmलाई सुरक्षित गराउने बानीको विकास गर्न सके यो एउटा प्रभावकारी अवसर हुन सक्नेछ सही मार्ग पहिल्याउन, देशको वैदेशिक मुद्रा बचाउन, आफ्ना मातापिता तथा निकटस्थ आफन्तलाई सुख दिेने बलियो आधार निर्माण गर्न तथा सबभन्दा प्रमुख कुरा आपूm स्वयम् एक जिम्मेवार नेपाली नागरिकका रुपमा स्थापित हुन ।

तसर्थ आऔं, प्रण गरौं, यो ीयअप म्यधल मा आफ्ना सबै गलत बानीव्यवहारलाई प्लयअप म्यधल अर्थात् त्याग गरौं र एउटा नयाँ संसार निर्माण गर्ने कार्यमा एकजुट होऔं ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung