१ जेष्ठ २०८२, बिहीबार

 

उदयपुर र जनकपुरमा दुई जनामा कोरोना, संक्रमितको संख्या ४७ पुग्यो

बिहीबार दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उदयपुरबाट संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा बिहीबार थप दुईमा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । यससँगै संक्रमितको संख्या ४७ पुगेको छ।

यसै गरी आजै पाटन अस्पतालको आइसोलेनमा उपचार गराइरहेका दुई जना निको भएर घर फर्किएका छन् । उनीहरू पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमाछोरा हुन् ।

योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ । त्यस्तै मन्त्रालयले पीसीआर र आरडीटी विधिबाट हालसम्म ४३ हजार ७२२ जनाको परीक्षण गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung