१ जेष्ठ २०८२, बिहीबार

 

बाँकेमा थप एकलाई कोरोना, संक्रमितको संख्या १०२

नेपालगन्जमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार थप एकमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार संक्रमित हुनेमा१६ वर्षीय किशोर छन् । उनको अवस्था सामान्य छ ।यसअघि बाँकेमा मात्रै संक्रमितको संख्या २३ पुगेको थियो ।

सबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । बिहीबार कपिलवस्तुमा दुई जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।

यीमध्ये ७४ जना पुरुष र २८ जना महिला छन् ।जसमा ३० जना निको भइसकेका छन् । नेपालगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो । हालसम्म देशभर १५ हजार ६२४ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा १३५ जना छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung