३० बैशाख २०८२, मंगलवार

 

मकवानपुरमा एक, बाँकेमा थप ८ जनामा कोरोना, संक्रमितको संख्या २ सय ५८

नेपालमा शुक्रबार थप ९ जनामा कोरोना संक्रमण भेटिएसँगै संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीका अनुसार संक्रमितहरू मकवानपुरका ३७ वर्षीय पुरुष, बाँकेको नरैनापुरका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुष छन् ।
उनले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung