सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना कर्मचारीको कोरोना बिमा गरेको छ । अहिलेको विषम परिस्थितिमा पनि विप्रेषण सेवा प्रदान गर्न कर्मचारीहरू दैनिक कार्यमा खटिरहनुपरेकाले उनीहरूको कोरोना बिमा गरिएको कम्पनीले जनाएको छ ।
लकडाउनमा प्रायः सबै कम्पनीका कर्मचारी घरमै बसेर काम गरिरहेका छन् । तर, विप्रेषण अत्यावश्यक सेवाअन्तर्गत पर्ने हुँदा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आवश्यक कर्मचारीमार्फत कार्यालयले विप्रेषण सेवा प्रदान गरिरहेको छ ।
कर्मचारीलाइ उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्न यस्तो बिमा गरिएको कम्पनीले जनाएको छ । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभरि आफ्ना रेमिट एजेन्टहरूबाट ७ हजार ५ सयभन्दा बढी नेपालका एजेन्टहरूमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।













































































































































































































