११ कार्तिक २०८३, मंगलवार

 

नवराजसँगै मानवता मरेको दिन

खै कसरी पत्याए होलान् अरुले त्यो समाचार मैले पत्याउन सकिनँ । झन् कसरी पो विश्वास लाग्यो होला ती बाबाआमालाई । अनि के गरे होलान् उनीहरुले जसको छोरो अब यो संसारमा छैन ।

भित्तोमा टाउको ठोके कि भुइँमा लात्ती बजारे होलान् रु त्यति पनि गर्न पो के सके होलान् र रु मूच्र्छित भए होलान् । त्यो खबर सुनेदेखि मेरै सास रोकिएला जस्तो भएको छ ।

मुटु थरथर कापेको छ । कम्प्युटरमा औंलाहरु ठिकठिक कीमा चल्न मानेका छैनन् । लरबराएका छन् । आँसुको बुँदले किबोर्डलाई चिसो र चिप्लो बनाइदिएको छ ।

बेस्सरी रिस उठ्यो । मुठ्ठी बटारिन्छ । दाँत बाँधिन्छ । तर रिस मर्दैन । झन् उठ्छ, बढ्छ । मस्तिष्क सोध्छ — भेरी नदीको पानीमा नवराज विश्वकर्माको शव बग्यो कि मानव सभ्यता कथित उपल्लो जातकी उनकी प्रेमिकाका आफन्त र गाउँलेहरुको अधर्मको भेल कति उर्लीउर्ली आयो र नवराजका साथीहरुलाई टाढाटाढा पुर्‍यायो होला ।

रुकुम पश्चिमको चौरजहारीकी सुष्मासँग जाजरकोटका नवराज विश्वकर्माले गरेको प्रेम कति ठूलो अपराध थियो रु जसको सजाय नवराजले मृत्यु पाए के दोष यहाँ प्रेमको र कथित जातिपातीको मात्रै हो त अहँ होइन भन्ने लाग्यो ।

मान्छेलाई मान्छे नठानिएको चेतनाको उपज हो भन्ने ठह¥याएँ ।मेरो मन अझैसम्म रन्थनिएको छ । कुनै भयंकर कथा पढे जस्तै र सिनेमा हेरेजस्तै हुँदैछ । तर, यो त मेरै नेपाली समाजको वास्तविक घटना हो ।

प्रेम र जीवनभन्दा जात ठूलो मानिएको परिणाम हो यो । जब यो घटनाबारे थाहा भयो २ दिनसम्म दिमाग ठिक ठाउँमा आएन । मध्यरातसम्म निद्रा परेन । कथित ठूलो भनिएको रुकुमका ती मान्छेप्रति चरम घृणा र दया जागिरहेछ, जो यो घटनामा सहभागी भएका थिए ।

के यो घटनाले अरुलाई पनि छोएको छ रु मन रोएको छ रु क्रोध र आवेगको ज्वाला कुन उत्कर्षमा पुगेको छ रु खै सबैको मनमा के बितेको छ थाहा भएन तर, म सम्हाल्नै नसक्ने गरी रन्थनिएको छु ।

मेरो जत्तिकै खल्बलिएको छ गायक प्रकाश सपूतको मन पनि । सोमबार मध्यरातको २ बजेतिर म्यासेन्जरमा सपूतको पीडा सन्देश बनेर आयो ‘दाइ रुकुमको नवराज घटनाले मन जलिरहेको छ, पोलेको छ, आवेगको पारा तातेको छ ।’ यो घटनाले म, प्रकाश र दलित समुदायलाई मात्र छोएको छ कि सिंगो सचेत मानव जातिलाई ?

मानवता भन्ने चिज नै भुलिए जस्तो लाग्ने एउटा भयानक बर्बर घटनाको खबर यी कानमा र आँखामा एकैसाथ परेको थियो । अर्थात अन्तरजातीय प्रेम गरेकै कारण रुकुम पश्चिममा नवराज विक र उनका साथीहरुले ज्यान गुमाउनु पर्‍यो । भेरी नदीमा नवराजले अन्तिम सास फेर्न बाध्य भए तर, हाम्रो सास झनै जोडले बढिरहेको छ ।

मान्छे यतिसम्म क्रुर र आपराधिक किन बन्यो होला पृथ्वीको सर्वश्रेष्ठ र सचेत भनिएको मान्छेको यो कस्तो किसिमको विवेक र चेतना हो रु कथित तल्लो जातिको भनिएको एक युवालाई किन यसरी पुरै गाउँ नै उल्टिएर मारपिट गरेर भेरी नदीमा बगाउने र गाड्ने गरियो होला रु कुन साहसले यस्तो गर्न सक्यो होला मान्छेले यस्तो कारुणिक घटना घट्दा पनि नजिकैको प्रहरी किन मुकदर्शक बन्यो र यस्ता कुराले झनै पोल्दो रहेछ ।

कानुनको नजरमा जातभात नदेख्ने प्रहरीको आँखामा कुन पट्टि बाँधिएको थियो सारा जनताको करबाट नुनपानी खाने प्रहरीले तल्लो भनिएको जातमाथि निर्मम तवरले कुटपिट हुँदा पनि जोगाउन किन सकेन अरु केही हैन त्यहाँ पनि त त्यही कथित सानो र ठूलो जात नै पर्खाल भएर उभियो ।

सानो भनिएका नवराजहरुको के को मूल्य छ र यहाँ मरुन् केही फरक पर्दैन प्रहरी प्रशासन अनि राज्यलाई । त्यही सोचे होलान् ।

नवराजलाई लघारी लघारी ज्यान लिने हुल केवल हुल थिएन । त्यहाँ त जनप्रतिनिधि नै थिए । अगुवाइ उनैको थियो । हुलको न्याय मान्दैनौं भनेरै जनप्रतिनिधि चुन्ने व्यवस्था ल्यायौं ।

तर जनप्रतिनिधिकै अगुवाइमा यस्ता पाशविक घटना हुन्छन् भने दोष कसलाई दिने कथित जातीय व्यवस्थालाई मात्रै कि हामीले बसाल्न नसकेको कानुनी राजलाई हामीले उकास्न नसकेको चेतनाको स्तरलाई ?

५ हजार वर्षअघिको ‘महाभारत’ युद्धमा अभिमन्युलाई चक्रव्यूहमा पारेर गरिएको वध र नवराजको नृशंस हत्याको फरक के यहाँ पनि समाजका अगुवा थिए, त्यसबेला अभिमन्यूलाई मार्ने पनि ।

अभिमन्युलाई जस्तै नवराजलाई पनि चक्रव्यूहमा छिर्ने आँट भयो त्यो साहसको प्रेरणा प्रेम थियो । तर, सिंगो समाज नै ओइरिएपछि चक्रव्यूहबाट निस्कन सकेनन् । जीवन चुँडालियो ।

अभिमन्युको हालतमा नवराजहरु परे । हमलाकारी कसैले नवराजको अनुहारमा आफ्नो सन्तान देखेनन् । सबैले उनलाई मान्छे पनि देखेनन् । केवल उनको कथित तल्लो जातलाई देखे । जनावारको बलि पनि आतातायी ढंगले दिन निषेधित २१ औं शताब्दीमा नवराज यसरी मारिए, मानौं उनले मान्छे भएर जन्मनु नै अपराध गरेका थिए ।

के तपाईंहरु एकपटक १ मिनेटमात्र नवराज विक वा नेपालको दलित समुदाय भएर सोच्न सक्नुहुन्छ रु सोच्नुहोस् त, के आउँछ मनमा रु जन्मेपछि मर्ने बेलासम्म जनावारभन्दा पनि तलको व्यवहार सहेर बाँच्नुपर्छ ।

जीवनका पल र क्षणहरुमा जातीय छुवाछुत र विभेद नसहेको मान्छे भेट्नु हुन्न । जो जुनसुकै पदमा पुगोस् वा जतिसुकै बौद्धिक र सम्पन्न किन नहोस्  देखिने वा नदेखिने विभेदले मुटु पोल्छ । आत्मसम्मानमा गहिरो चोट नलागेको दलित समुदाय भेट्नु हुने छैन

देशमा उथलपुथलकारी जनयुद्ध भयो । जनआन्दोलन भयो । गणतन्त्र पनि आयो तर, व्यवहारमा म लगायत सिंगो दलित समुदायले महसुस गर्न पाएको छैन । पाउँदो हो त कुनै बेला जनयुद्धको आधार इलाका मानिने र माओवादीले जनसरकारको अभ्यास समेत गरेको त्यही रुकुममा नवराजहरुको यो हालत हुने थिएन ।

नवराजको यो पहिलो घटना भने होइन । पहिला पनि दर्जनौंले यसरी ज्यान फाल्नु परेको छ । यस्तै किसिमको विभेदका कारण काभ्रेका अजित मिजारको शव ४ वर्षदेखि शिक्षण अस्पतालमा छ । तर, सरकार चुप छ ।

नवराज र अजितमात्र हैन परिवार र समाजमा विवाहको रूप नपाउने भएपछि झापाका अस्मिता सार्की र ईश्वर भट्टराईले २०७३ साल माघ ७ मा एउटै पासो लगाएका छन् ।

तनहुँकी संगीता परियारले पनि गैरदलितसँग प्रेमविवाहकै कारण ज्यान गुमाइन् । गैरदलित युवतीसँग प्रेम सम्बन्धकै कारण ०६८ को भदौमा दैलेखका सेते दमाई मारिए ।

त्यही वर्षको १६ माघमा भएको सप्तरीको पन्सेरा–३ का शिवशंकर दास पनि अन्तरजातीय प्रेम र विवाहकै कारण मारिए । यी घटना हेर्दा यस्तो लाग्छ, सरकारले पीडितलाई न्याय दिने दिन हैन अर्को घटनाको प्रतीक्षा गरेको छ ।

जब यस्ता विभेद हटायौं भनेर कुरा गर्‍यो । केही लेख्यो अनि एकथरी मान्छेहरु जातका कुरा नगरौं । जातीय सद्भाव नबिगारौं भन्छन् । विभेद विस्तारै हट्छ भन्छन् ।

त्यो विस्तारै कहिले हो रु तर, हामीलाई छिटो हटाउनु छ । मान्छेको तहमा आउनु छ । भोलिको पुस्तालाई विभेदरहित समाज हस्तान्तरण गर्नु छ ।

यो सपनामात्र पो हुने हो कि भन्ने डर छ । किन कि कम्युनिस्ट पार्टीको कास्की जिल्ला अध्यक्ष तथा प्रदेश सांसद कृष्ण थापाले जातीय छुवाछुत तथा विभेदको पक्ष लिँदै उत्पीडित समुदायलाई नै उच्छृंखल तत्व भन्दै समाज नभाँड्न चेतावनी दिँदा पनि चुइक्क नबोल्ने विशाल नेकपा र सरकार भएको देशबाट के आशा गर्न सकिएला ?

राष्ट्रियताको विषयमा खुकुरी भिरेर कालापानीमा युद्ध गर्न जान तम्सिने नेपाली युवा तथा आम सचेत मान्छे किन यस्ता विभेदका विषयमा चुप हुन्छन् होला रु अरु त अरु छुवाछुत तथा विभेदको विरुद्ध फेसबुकमा लेख्न पनि किन आँट गर्दैनन् हँ भनिन्छ न्यायको पक्षमा नबोल्नु भनेको अन्यायको कित्तामा उभिनु हो । यो जघन्य अन्यायको पक्षमा को को हुनेछन् यसको चित्र पनि अब प्रष्ट हुनेछ ।

बरु उल्टै अहिले नवराजको रुकुम घट्नालाई उमेर नपुगेको, प्रेम नभएर यौन आकर्षण, जबरजस्ती किन गरेको रु, अर्काको घरमा हुल बाँधेर किन गएको रु, लकडाउनमा सामाजिक दुरी किन कायम नगरेको रु, जस्ता तर्क गरेर घटनालाई अन्यत्रै मोड्न खोजिएको छ ।

तर, यो घटना नवराज कथित सानो जात भएकाले नै भएको हो । ठकुरी परिवारको छोरीलाई विवाह गर्न खोज्दा जातीय विभेदकै कारणले नै घटना भएको हो । जसले त्यस्तो सोच्छ, त्यो भ्रमबाहेक केही होइन ।

बरु यसप्रति आम सचेत मानव, राज्य, समाज तथा मिडियाले कसरी लिन्छ भन्ने कुरा आउँछ । रुकुम पश्चिमकै सांसद तथा जनयुद्धका तत्कालीन कमान्डर जनार्दन शर्मा प्रभाकरले नवराज विकका बाबुआमा र समाजसँग के भन्छन् १ माफी माग्छन् कि माग्दैनन् १ त्यो हेर्नुछ ।राज्यले पीडितलाई न्याय र पीडकलाई कडा कारबाही गर्ने आश्वस्त कसरी पार्छ १ देशैभर अब यस्ता घटना नघुटुन् भनेर सचेतना फैलाउने अभियान थाल्छ या २र४ हप्तामा सबै भुल्छ १ पर्खनु छ हामीले ।

धेरै विषयमा सदनमा तार्किक र चर्का भाषण गर्ने सांसदहरु गगन थापा, भीम रावल, प्रदीप गिरी, टोपबहादुर रायमाझी, रामकुमारी झाँक्रीहरुले विभेद विरुद्ध संसदमा संकल्प प्रस्ताव राख्छन् कि के गर्छन् होला रु दलितको विषयमा छविलाल विश्वकर्मा, मीन विक, दुर्गा विक वा सुजता परियारले मात्र बोले पुग्छ भनेर पन्छिन्छन् यो पनि देखिनेछ ।

जनताको आवाज संसदमा नउठे कहाँ उठ्ला सडकमा त दलित समुदायले सधैं उठाएका छन् । मात्रै कामना गर्छौ फेरि यस्ता घटनाको बदलामा बन्दुक नउठोस् । फेरि भोलि अर्का नवराजहरुले अन्तर जातीय प्रेमकै कारण अनाहकमा ज्यान गुमाउन नपरोस् ।

अन्त्यमा प्रिय नवराज तिमी भेरी नदीमा त्यसै बिलाएका छैनौं । सचेत मान्छेहरुको मनमा बाँचिरहने छौ । मुक्तिमार्गको सतिसाल बनेर ठडिनेछौं सदा सदा ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung