१० कार्तिक २०८३, सोमबार

 

दलित कहिलेसम्म तड्पिई–तड्पिई बाँच्ने ?

जाजरकोट र अन्य ठाउँका घटनालार्ई हेर्दा अहिले पनि म आफू कुन युगमा छु र यस्तो युगमा किन जन्मिएँ होला भनेर मनमा कुरा खेल्छ । विश्वमा कोरोना भाइरसको महामारीले लाखौं मानिसको मृत्यु भएको छ ।

तर, मेरो देश २१औंँ शताब्दीमा पनि मान्छेबीच विभेद र अपमानित भए बाँचेको तितो यथार्थ लेख्न लाज लागेको छ । दलित भएकै कारणले अहिलेसम्म हजारौंले अकालमा ज्यान गुमाएका छन् ।

यो समुदाय कहिलेसम्म जिउँदै मरीमरी बाँच्ने रु दमन, विभेद कति सह्यौं र अझ कति सहने हो रु यो देशमा धेरै विकास र परिवर्तन भए तर ६० लाख दलित अछुतका रूपमा आज पनि बाँच्न बाध्य छन् । विभेद सहेर बाँच्नुको पीडा उनीहरूलाई मात्र थाहा छ– कस्तो कठिन हुन्छ भनेर ।

सजीव प्राणीमध्ये सबैभन्दा चेतनशील मानिस हो । यही प्राणीले एकले अर्कालाई अछुतो ठानेको छ । अछुतो भएर बाँच्नुपरेको छ । यो देशमा नियम–कानुन नभएको होइन तर देशको नियम–कानुनभन्दा माथि उठेर पटकपटक दलित समुदायमाथि घात–प्रतिघात भए ।

जसका कारण अपहेलना सहनुपरेको छ, दलितहरूले विभिन्न बहानामा आज पनि ज्यान गुमाउनुपरेको छ । एकातिर मान्छे गुमाउनुको पीडा त छँदै छ तर अर्कोतिर न्याय नपाउनुको पीडा थपिन्छ ।पश्चिम रुकुमको सोती काण्डले सबैको मन तानेको छ । जसको एउटा मात्र कारण थियो, जातिय विभेद । जसमा जाजरकोटका नवराज विकसहित उनका साथीहरूको ज्यान गयो ।

आफ्नी प्रेमिका सुषमा मल्लले विवाह गरेर लैजाऊ भनी बोलाएर लिन सोती पुग्दा गाउँँलेले नवराज विकसहित छ जनाको क्रूर हत्या गरे । जसका कारणले सिंगो लोकतान्त्रिक संघीय गणतन्त्रको धज्जी उडाइरहेको छ ।

नेपालको इतिहासमा सबै क्रान्तिकारी परिवर्तनका लागि दलित समुदायको अग्रणी भूमिका रहेको छ । यो समुदायले जहिले पनि समग्र राष्ट्रिय परिवर्तनको मुद्दामा अग्रसर रह्यो । हिजोको नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्ति होस् वा तत्कालीन माओवादीले गरको जनयुद्ध, सबै परिवर्तनको नेतृत्व गरेको दलित समुदायले आज पनि अछुत भई समाजमा अपहेलिना र विभेद भोग्नुपरेको छ ।

त्यति मात्र नभई दलित भएकै कारण धेरै युवाले ज्यान गुमाउनुपरेको छ । यो अवस्था कहिलेसम्म रहने रु के हामीले गरेको परिवर्तन विभेदको निरन्तरताका लागि हो रु जाजरकोटको घटना पनि त्यही एक उदाहरण हो । जातीय विभेद गर्ने भनेको नै पढेलेखेका, बुझेकाले रहेछ । हामीले राजनीति गर्छौंं, देश बदल्छौं भन्नेहरू विभेद गर्छन् ।

सबैभन्दा बढी विभेद गर्ने गाउँघरतिर हामीलाई उज्यालो दिने शिक्षकहरू छन् । गरिब दलितका सन्तान पढाएर जागिर खानेहरू नै विद्यालयमा विभेद गर्छन् । दलितका बालबालिकाले छोएको नखाने त परैैको कुरा भयो, ऊसँग छोइन पनि चाहँदैनन् ।

आफैं भन्नुस्, ती बालबालिकालाई कस्तो मानसिक असर पर्छ होला रु के पढ्छन होला तिनले यस्ता विभेद म आफैं कति भोग्दै र कारबाही गर्दै आएको छु । जाजरकोटको विषयलाई लिएर जातीय हिंसा भड्किने धेरै टीकाटिप्पणी भएको छ । टीकाटिप्पणी गर्ने साथीहरूको सोच देख्दा त झन् पिडा भएर आउँछ ।

तिमीहरूले गर्ने खोजेको के हो ? तिमीहरूलाई के थाहा अछुत भएर बाँच्नुको पीडा रु अछुत भएकै कारण नवराज विकलगायत ६ जनाको ज्यान लिइँदा सामाजिक सञ्जालमा खुसियाली मनाइरहेका छन् ।

ती तिम्रै घरका दाइभाइ, दिदीबहिनी, छोराछोरी भएको एक छिन कल्पना मात्र गरे पुग्छ । बल्ल थाहा हुन्छ, आफ्नो परिवारको सदस्य गुमाउनुको पीडा ।

सरकारमा रहेका दलितका माननीय तथा दलित नेता बोलेनन् । यहाँको समानुपातिकबाट पाएको माननीय र पार्टीको पद जान्छ वा पार्टीले कारबाही गर्छ भन्ने डरले बोल्नुभएको छैन भने तपाईं दलितलाई न्याय दिलाउन राजनीतिमा लाग्नुभएको होइन रहेछ भनी आमदलित समुदायले बुझिसके ।

एक गैरदलित भए पनि दलितले आशा, भरोसा गरेको भनेर चिनेका नेताको असली रूप बल्ल आएर छताछुल्ल भएको छ । अहिले जो त्यस ठाउँका जनप्रतिनिधि छन्, जनयुद्धका कमान्डर पूर्वगृहमन्त्री जनार्दन शर्माले सदनमा पीडकलाई जोगाएको, उल्टै नवराज विकको टोलीलाई दोषी बनाएर बोलेको सुन्दा दलितलाई क्रान्तिमा लागेर कति घात गरेछौ, प्रस्ट हुँदै छ ।

तिमीहरू आफू मात्र नेता बन्नका लागि हामी दलितलाई हतियार बनाएका रहेछौ । स्कुल पढ्ने बेलाका कलिला बालबालिकालाई तिमीले बुर्जुवा शिक्षा पढ्ने होइन भनेर हजारौं दलितलाई क्रान्तिमा होमायौ तर शान्ति प्रक्रियामा आएर सेना समायोजन गर्ने क्रममा तिमीहरूले पढ्न नदिएका तिनै दलितलाई अयोग्य बनायौ ।

हजारौं दलित युवक दस वर्षसम्म जनयुद्ध लड्न योग्य भए तर आफू सत्तामा पुगेपछि तिनको शिक्षाको योग्यता पुगेन भनेर लाज नमानी घर फर्कायौ । ती दलित पनि हाम्रा लागि ज्यानको बाजी राखेर लडेका हुन् भनेर केही पहल गरेनौ । त्यही तिम्रा कारणले अहिले विदेशको मरुभूमिबाट तिमीहरूलाई गाली गरेको हेरेर, सुनेर रुन मन लाग्छ ।

अर्कातिर नवराजको पक्षमा पनि केही दलितका माननीय नेता र गैरदलितका नेता तथा कार्यकर्ताले देखाउनुभएको सहानुभूति देखेर धेरै खुसी लागेको छ ।

नवराजको पक्षमा बोल्नुहुने महानुभाव सार्वजनिक स्थलमा जाँदा जातीय आन्दोलका कुरा गर्ने तर आफ्नो आचरण–व्यवहार सुधार्न नपर्ने हुन्छ र रु तपाईंको घर जाँदा बाबा, आमा, श्रीमती मान्दैनन् भनेर विभेद गर्ने, आफ्नो परिवारको सोच परिवर्तन गर्न नसक्ने नेताहरूले के समाज परिवर्तन गर्छु भन्छौ रु गरिब र दलितलाई न्याय दिन्छु भनेर भाषण गर्ने तर आफ्नो घर जाँदा समयले विस्तारै अन्त्य हुन्छ भनेर विभेद गर्न पाइन्छ र रु एउटा विश्वकर्माको छोरो हुँ ।

एक जनप्रतिनिधि पनि सबै साथीहरूसहित मेरो घरमा आएर खाने–बस्ने गर्ने तर मेरो गाउँ–समाजको दलित परिवारले बनाएको नखाएको पनि देखेको छु, यसलाई के भन्ने रु म गरिब र दलितको जीवनस्तर कसरी उकास्न सकिन्छ भनेर छलफल चलाएँ भने साथीहरूले यो गरिब र दलितका कुरा गर्दै हिँड्छ भनेर गिज्याउँदै हिँड्नुहुन्छ रे उहाँहरूलाई म दलित हुनुको पीडा के थाहा रु मलाई पो थाहा छ ।

अहिले विरोध गर्नका लागि विरोध गर्नुभएको त होइन भन्ने आमदलितमा शंका उब्जिरहेको छ । जातीय विभेदजस्तो अमानवीय व्यवहार अरू केही हुन सक्दैन । जातीय विभेदको अन्त्य अब हामी दलितहरूले आन्दोलन गरेर मात्र हुनै सक्दैन ।

यो कुप्रथाले गर्दा समाज, देशलाई ठूलो क्षति पु¥याएको छ । कतिपय दलितका मित्रहरू यो देशमा जातीय विभेद कायम हुनैपर्छ भनेर लाग्नुभएको देखिन्छ । उहाँहरू दलितका नाममा नेपाल तथा विदेश ९ल्न्इ, क्ष्ल्न्इ० बाट ठूलो रकम निकाल्नुहुन्छ । त्यसैबाट घरमा बिहान–बेलुका चुलो बाल्ने काम गर्नुभएको छ ।

अनि कहाँबाट दलितले न्याय पाउँछन् त रु जातीय विभेद अन्त्य गर्ने नै हो भने आम राजनीतिक पार्टीका सबै नेता–कार्यकर्ता एक भएर गाउँगाउँ गई जातीय विभेदविरुद्ध सचेतना फैलाउनुपर्छ । नियम–कानुनका बारेमा राम्रो सँग बुझाउने, आफू पनि स्थानीय नेतालाई दलित परिवारकोमा गएर बस्ने–खाने गरेर जनतालाई बुझाउने हो भने बढीमा एक वर्षमा जातीय विभेदजस्तो जघन्य अपराध अन्त्य गर्न सकिन्छ ।
जाजरकोट घटनालाई लिएर हाम्रा पत्रकार साथीहरूको सोच देख्दा दया लागेर आउँछ । यहाँहरू पीडितकोमा गएर सत्य समाचार बनाई प्रसारण गर्ने दायित्व होइन र रु बरु पीडकलाई उचालेर, सिकाएर बोल्न लगाउने, दोषी–निर्दोष अदालतले छुट्याउला तर दोषी भनिएकालाई निर्दोष बनाउन लागेको देख्दा पहिला तपाईंहरूकै सोच परिवर्तन गर्नुस् भन्न चाहन्छु ।

तपाईंहरूले पीडित दलितहरूको न्यायका लागि आवाज उठाउनुहोला भन्ने के आस रु तर तपाईंका कारण जातीय हिंसा फैलियो भने आमनेपाली न्यायप्रमी नागरिकले छोड्नेछैनन् ।

विचार गरेर आफू हिँडेको गलत बाटोबाट सुध्रिनुस् । यो हजुरलाई पहिलो सुझाव हो । फेरि ठूलो मूल्य चुकाउनुपर्नेछ । आजैदेखि समाज परिवर्तन गर्न लाग्नुस् ।

अनि सत्यको बाटोमा लाग्नुस् । पत्रकारितालाई बदनाम गराउने काम नगर्न÷नगराउनुहुन अनुरोध छ ।अन्तिममा, अझ यस्तो पीडामा बाँच्नुपर्ने अवस्था आयो भने यो देशले ठूलो क्षति बहोर्नुपर्नेछ । दलित मुक्तिका निम्ति लड्ने दिन सिर्जना नगरियोस् । अहिलेसम्म अरूका लागि लडियो । अब आफ्ना लागि लड्ने दिन आएजस्तो छ ।

( केन्द्र रसाइली वडा सदस्य, वडा नं ७ जैदी, जैमिनि नगरपालिका )

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung