
बागलुङमा एकै दिन थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये जैमिनी नगरपालिकाको १ जना र बरेङ गाउँपालिका ८ जना रहेका छन ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले यसको जानकारी दिएको हो ।संक्रमित हुनेमा जैनिमी नगरपालिकाका २० वर्षीय पुरुष र बरेङ गाउँपालिकाका ३०, ३३, ६०, ३७, ४०, १९, ३५ र २० वर्षीय पुरुष रहेका छन् ।