
बागलुङ नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण भएको छ । बानपा १० भकुण्डेका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको हो । आईतबार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका दुई जना पुरुषलाई संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले बताए ।
संक्रमित दुवै जना भारतबाट आइ बानपा–१० भकुण्डेको क्वारेन्टाइनमा बसेका छन् ।यससँगै बागलुङ नगरपालिकामा संक्रमितको संख्या ३३ पुगेको छ भने २ जना निको भएर घर फर्किएका छन् ।