३ श्रावण २०८३, आईतवार

 

लकडाउनमा विद्युत् महसुल कम, असारमा लक्ष्यभन्दा बढी संकलन

लकडाउनका कारण नेपाल विद्युत् प्राधिकरण बागलुङले ग्राहकको मिटर रिडिङ गर्न सकेको छैन । महसुल नउठ्दा विद्युत्बाट हुने राजस्व संकलनमा समेत असर परेको छ ।

संक्रमण फैलिने डरका कारण मिटर रिडिङ हुन नसकेको बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए । अब अनलाइन सुविधा विस्तार गर्दै महसुल भुक्तानी सहज बनाइन लागेको केन्द्र उनले बताए । केन्द्रका अनुसार गत चैतमा ३२ लाख ६० हजार रुपैयाँ संकलन भएको थियो ।

वैशाख,जेठ, असारमा भने लक्ष्यअनुसार महसुल संकलन हुन सकेको छैन ।स्वास्थ्य सुरक्षा अपनाएर कार्यालयबाट आकस्मिक सेवा प्रवाह भइरहेको छ ।

कोरोनाका कारण विद्युतीकरणका आयोजना प्रभावित भएका छन् । बडिगाड,ढोरपाटन,बरेङ,जैमिनी,छिस्ती,दुदिलाभाटी, रिघा र ताराखोलाको विद्युतीकरणको काम अवरुद्ध भएको छ। केन्द्रीय भण्डार हेटौंडाबाट टान्स्फरमर,डिक्स, मिटरलगायत सामानको ढुवानीमा समस्या उत्पन्न भएको छ ।प्राधिकरणले अनलाइन सेवालाई प्रभावकारी बनाए राजस्व उठाउन सहज हुने शाखाप्रमुख गोशलीले नयाँ विश्वलाई बताए ।

उनका अनुसार कोरोनाले ०७८ सालसम्म बागलुङलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यमा गम्भीर असर गरेको छ ।माइक्रो हाइडोलाई पनि केन्द्रीय प्रसारणमा जोड्न सके घरेलु उद्योग सञ्चालनमा समेत राहत पुग्थ्यो ।

माइक्रो हाइड्रोको कम क्षमताका कारण घरेलु उद्योग सञ्चालन हुन सकेका छैनन् ।म्याग्दीको दाना गाउँमा २२० केभीको सब–स्टेसन र पर्वतको खुर्कोटमा रहेको २२० केभीको सब–स्टेसन सञ्चालनमा आए यस क्षेत्रमा हुने विद्युत्अभाव नहुने गोशलीले जानकारी दिए ।

अहिले पर्वतमा केही समस्या आउनासाथ बागलुङ,म्याग्दी र मुस्ताङमा एकैसाथ विद्युत् अवरुद्ध हुने गरेको छ । कालीगण्डकी करिडोरमा उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोडेरबुटवल हुँदै भारतलाई बिक्री गर्न सकिने गोशलीले बताए ।

लकडाउनको बेला संकलन नभएको महसुल असार महिनामा लक्ष्यभन्दा बढि उठि रहेको बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए ।

स्वास्थ्य सुरक्षाको सामग्री लगाएर कर्मचारीहरु महसुल उठाउने,मिटर रिडिड गर्ने र विद्युतिकरणको काम पनि भइ रहेको छ ।लकडाउनको बेला पासको समस्याले गर्दा हेटौडाबाट ढुवानि हुन नसकेको सामानहरु अहिले आइ रहेका छन ।

कोरोनाको जोखिमकै विच कर्मचारीहरुले स्वास्थ्य सुरक्षा अपनाएर काम गरी रहेको बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung