५ जेष्ठ २०८१, शनिबार

 

कोरोनाले बाराकी १७ वर्षीया किशोरीको मृत्यु

पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ । बारा, परवानीपुर गाउँपालिका–४ की १७ वर्षीया किशोरीको उपचारकै क्रममा मृत्यु भएको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए ।

नारायणी अस्पतालमा उपचारका क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई वीरगन्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो ।

इमर्जेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडीटी गरिएको थियो । आरडीटी पोजिटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार सुरु गरिएको थियो । उनको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ ।

बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपराह्न उनको निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । शुक्रबार बिहान पनि वीरगन्ज महानगरपालिका–११ श्रीपुर रानीघाटकी ८५ वर्षीया महिलाको नारायणी अस्पतालमा उपचार क्रममा निधन थियो ।

प्रतिक्रिया दिनुहोस्