५ जेष्ठ २०८१, शनिबार

 

थप १३० मा कोरोना, काठमाडौंका आठ जना

बितेको २४ घण्टामा देशर थप १ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ८ जना छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ७५ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३ हजार १ सय २८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ४० छ भने निको भएकासहित कुल संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । प्रवक्ता गौतमका अनुसार लकडाउन खुलेपछि परीक्षण भएकामध्ये औसतमा ३.३ प्रतिशतमा कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्