गलकोट समाज क्षेत्रीय कार्यसमिति टोकियो २०१८–२० ले आगामी ११ तारिखमा क्षेत्रीय समिति कान्तोको अधिवेशन गर्ने भएको छ । गत जुलाई २१ मा टोकियोको इताबासीमा आयोजित बैकठले यस्तो निर्णय लिएको दिनेश थापाले नयाँ विश्वलाई जानकारी दिए ।
केन्द्रीय कार्यसमितिको निर्देशनअनुरूप इकेबुकुरोस्थित तोसिमा कुमिन सेन्टरमा अधिवेशन गर्ने तय भएको हो । यसका लागि संस्थाका संरक्षक नरबहादुर थापाको संयोजकत्वमा सल्लाहकार रामकृष्ण बम र बाबुराम सापकोटा सदस्य रहने गरी निर्वाचन समिति चयन गरिएको छ।बैठकले ‘गल्कोट समाज कल्याणकारी अक्षयकोष टोकियो २०२०’ को निर्देशिकासमेत जारी गरेको छ ।
हाललाई अक्षयकोषमा ११ लाख रहनेछ । गलकोट समाज क्षेत्रीय कार्यसमिति पुनर्गठन भएसँगै अक्षयकोष सञ्चालक समिति पनि गठन हुने गरी निर्देशिका जारी गरिएको हो ।
बैठकमा कोषाध्यक्ष राजु बस्नेतले यस कार्यकालको आयव्यय प्रस्तुत गरेका थिए भने भने सचिव दुर्गाबहादुर खत्रीले प्रगति विवरण प्रस्तुत गरेका थिए । वर्तमान कार्यसमिति सदस्य दिनेश थापा, हिमाल कँडेल र कृष्ण शर्मालाई ‘सक्रिय सदस्य सम्मान’ प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कान्तोका अध्यक्ष महेन्द्र साहनीको अध्यक्षतामा सम्पन्न बैठकमा गल्कोट समाज जापानका संरक्षक एवं अन्तर्राष्ट्रिय गलकोट समाजका संयोजक बेलुकाजी थापा, गल्कोट समाज जापानका केन्द्रीय अध्यक्ष दिलु खत्री र केन्द्रीय सदस्य किसान बस्नेतलगायतको उपस्थिति थियो ।
















































































































































































