४ श्रावण २०८३, सोमबार

 

२.६२ अंकले घट्यो नेप्से, १ अर्ब ८१ करोड २५ लाखभन्दा माथिको सेयर कारोबार

सेयर बजार सोमबार २.६२ अंकले घटेर बन्द भएको छ । चार समूहको सूचक बढे पनि आठ समूहको सूचक घटेको छ । सेयर बजार घटे पनि कारोबार रकमले भने साथ दिएको छ ।

सोमबार १ सय ८७ वटा कम्पनीको १ अर्ब ८१ करोड २५ लाखभन्दा माथिको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा भने कारोबार रकम घटेको छ । आइतबार १ अर्ब ९४ करोडमाथिको सेयर कारोबार भएको थियो ।

१ हजार ४ सय ६७.८९ विन्दुबाट सुरु भएको सेयर कारोबार साढे तीन घण्टासम्म बढेको थियो । अन्तिम ४५ मिनेटबाट ओरालो लागेको सूचक बन्द हुनु १५ मिनेटअघि १ हजार ४ सय ६० विन्दुबाट उकालो लागेर १ हजार ४ सय ६२.४८ विन्दुमा बन्द भएको छ । सोमबारको कारोबारमा नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ४४ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको १४ करोड ८८ लाखभन्दा बढी कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये ६० वटाको मात्र सेयर मूल्य बढेको छ । ८९ कम्पनीको मूल्य घटेको छ भने १७ कम्पनीको मूल्य आइतबारकै कायम छ ।

जोशी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँ पुगेको छ । त्यस्तै, एनआईसी एसिया लघुवित्तको सेयर मूल्य ५ प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९ दशमलव ५२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung