५ जेष्ठ २०८१, शनिबार

 

प्रहरी मुख्यालयका थप ९ जनालाई कोरोना, संक्रमितको संख्या ४४ पुग्यो

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थपिएका संक्रमितहरूलाई बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना गरिएको जानकारी दिए । प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।

नयाँ संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका हुन् । अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्नेहरू छन् ।

कडायतका अनुसार मुख्यालयमै संक्रमणको जोखिम बढेपछि थप सतर्कता अपनाइएको छ। संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएको छ ।

यस्तै थप कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ। संक्रमित संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। मुख्यालयमा संक्रमण कसरी फैलियो भन्ने अझै यकिन भएको छैन।

प्रतिक्रिया दिनुहोस्