५ जेष्ठ २०८१, शनिबार

 

विराटनगरमा भोलिदेखि फेरि लकडाउन

विराटनगरमा शनिबारदेखि दुई साताका लागि पुनः लकडाउन घोषणा गरिएको छ । समुदाय तहमै कोरोना फैलिएपछि लकडाउन गर्नुपरेको मेयर भीम पराजुलीले बताए ।

अहिले विराटनगरमा मात्र सयभन्दा बढी संक्रमित छन् । तिनमा ६१ जना स्थानीय स्तरमै संक्रमित भएको देखिन्छ । ‘त्यसैले संक्रमण समुदायमा गइसक्यो भन्ने हो,’ उनले भने, ‘त्यस कारण भोलिदेखि लागू हुने गरी दुई साताका लागि लकडाउन गरिएको हो । भोलिदेखि विराटनगरमा अत्यावश्यक सेवाबाहेक सबै कुरा बन्द हुनेछन् ।’

सरकारले साउन ७ देखि चारमहिने लकडाउन अन्त्यको घोषणा गरे पनि संक्रमण बढ्दो देखिएपछि ठाउँ–ठाउँमा स्थानीय सरकारले निषेधाज्ञा जारी गरेका छन् । यसअघि स्वास्थ्य मन्त्रालयले कुनै जिल्लामा २ सय ‘एक्टिभ केस’ भए पूर्ण लकडाउन गर्न सकिने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्