३ श्रावण २०८३, आईतवार

 

पहिरोले क्षतिग्रस्त इन्द्रावती जलविद्युत् फेरि सञ्चालनमा आउन एक साता लाग्ने

बालुवा थिग्राउने पोखरी (डिसेन्डिङ बेसिन) पहिरोले पुरेपछि ७ दशमलव ५ मेगावाटको इन्द्रावती जलविद्युत् आयोजना बन्द भएको छ । आयोजना फेरि सञ्चालनमा ल्याउन एक साता लाग्ने सञ्चालक नेसनल हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

आयोजनाको बाँधमा रहेको बालुवा छान्ने पोखरीमा पहिरो गएर माटो जम्मा भएपछि अहिले पूर्ण रूपमा बन्द भएको कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले बताए ।

उनका अनुसार एक साता आयोजना बन्द हुँदा बिजुली बिक्रीबाट हुने १ करोड आम्दानी गुम्ने सम्भावना छ । यस्तै पहिरो पन्छाउन र मर्मतका लागि थप २ करोड गरी कुल ३ करोड रुपैयाँ खर्च हुने उनले अनुमान गरे ।

अव्यवस्थित तरिकाले खनिएको सडकका कारण आयोजनाको डिसेन्डिङ बेसिनमाथि पहिरो कम्पनीले जनाएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–८ तिपेनीस्थित आयोजनास्थलमा शुक्रबार राति २ बजेतिर पहिरो खसेको हो ।

पहिरोले मुख्य गेट, फ्लसिङ सिस्टम तथा पोखरीमा ठूलो क्षति पु¥याएको छ । हेडवक्र्सभित्र माटो, ठूला–ठूला ढुंगा र रुख खसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung