५ जेष्ठ २०८१, शनिबार

 

धौलागिरि अस्पतालमा खटिएका कामदारलाई कोरोना

धौलागिरि अस्पताल बागलुङको भवन निर्माण गर्न आएका एक कामदारलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा शनिबार गरिएको पीसीआर परीक्षणमा महोत्तरीबाट आएका २५ वर्षीय पुरुषलाई कोरोना देखिएको हो ।

लकडाउन खुला भएपछि आएका उनी अस्पतालको सी ब्लक भवन निर्माणमा खटिएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिए ।

‘साउन १३ गते भवन निर्माणका लागि आएका १८ कामदारलाई सोही भवनमा राखिएको थियो,’ उनले भने, ‘बाहिरी जिल्लाबाट आएका कारण पीसीआर परीक्षण गर्दा २५ वर्षीय एक पुरुषलाई कोरोना संक्रमण देखिएको छ ।’ उनलाई अहिले धौलागिरि बहुमुखी क्याम्पसको आइसोलेसन कक्षमा राखिएको छ ।

कोरोना संक्रमणको जोखिम बढिरहेकाले उनीहरूको १३ गते नै स्वाब संकलन गरी पोखरा पठाइएको थियो । १८ जना नै सँगै आएर त्यहाँ बसेका हुन् । १७ जनाको नेगेटिभ रिपोर्ट आए पनि पुनः पीसीआर परीक्षण गरिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्