४ श्रावण २०८३, सोमबार

 

भारत लगेर नेपाली उद्योगका मास्कको गुणस्तर जाँचिने

गुणस्तर तथा नापतौल विभागले नेपालमा उत्पादित मास्कहरू भारतमा लगेर गुणस्तर परीक्षण गर्ने भएको छ। नेपाल गुणस्तर चिह्न (एनएस)का लागि केही उद्योगले आवेदन दिएपछि विभागले भारतमा परीक्षण गर्न लागेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले १५ दिनभित्र गुणस्तर परीक्षण गरेर ‘एनएस’ दिइने बताए । ‘हामीले तीनवटा उद्योगका नमुना लिएर परीक्षणका लागि पठाइसकेका छौं।

त्यो परीक्षण सकेर १५ दिनभित्र आउनेछ,’ उनले भने। नेपालमा मास्क परीक्षणका लागि आवश्यक प्रयोगशाला नभएकाले भारत पठाउन लागिएको पुडासैनीले बताए।

जगदम्बा मास्क र शेर्पा एड्भेन्चरले एनएस चिह्नका लागि आवेदन दिएका छन्। २० करोड लगानीमा शंकर समूहले जगदम्बा मास्क उद्योग स्थापना गरी बिक्रीवितरणसमेत गरिसकेको छ।

यो उद्योगले एन–९५ र केएन–९५ मास्क ३ करोडवटा उत्पादन गर्ने लक्ष्य राखेको छ। यस्तै सर्जिकल मास्क ५ करोडवटा उत्पादन गर्ने लक्ष्य बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung