५ जेष्ठ २०८१, शनिबार

 

काठमाडौंमा ६५ वर्षीया महिलाको कोरोना संक्रमणले मृत्यु, शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। सर्लाही, मलंगवा नगरपालिका–६ की ६५ वर्षीया महिलाको बुधबार मध्याह्न साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता एसपी डा. प्रविन नेपालले जानकारी दिए।

ज्वरो आएपछि स्थानीय अस्पतालमा भर्न गरिएकी उनको अवस्था बिग्रिएपछि स्वयम्भूस्थित मनमोहन अस्पताल ल्याइएको थियो । ‘गत शुक्रबार मनमोहनमा भर्ना गर्दा उनलाई भेन्टिलेटरमा राखिएको थियो,’ एसपी नेपालले भने, ‘उनको त्यही दिन कोरोना परीक्षण गर्न स्वाब झिकिएको थियो। आइतबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।’

संक्रमण देखिएपछि सोमबार उनलाई बलम्बुस्थित एपीएफ अस्पतालमा रिफर गरिएको थियो। उनको शव व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी थालेको छ। ती महिलाको कुरुवा बसेका उनका दुई छोराको पनि बुधबार स्वाब संकलन गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्