२३ बैशाख २०८१, आईतवार

 

संसद सचिवालयका प्रवक्ता पाण्डेलाई कोरोना

संघीय संसद् सचिवालयका प्रवक्तासमेत रहेका सहसचिव डा. रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ । गत मंगलबार वीर अस्पतालमा उनको स्वाब संकलन गरिएको थियो । पाण्डेमा संक्रमण पोजिटिभ देखिएको सांसद मीना सुब्बाले जानकारी दिइन् ।

दुई साताअघि प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सांसद प्रदीप यादवको संयोजकत्वमा ३ सदस्यीय उपसमिति बनाई तराईका जिल्लामा वन अनुगमनका लागि पठाएको थियो ।

सांसदहरू सुब्बा, प्रेम आलेसहित अन्य ३ कर्मचारीको भने नेगेटिभ रिपोर्ट आएको छ । जनता समाजवादी दलका सांसद यादवलाई कोरोना संक्रमण भएपछि संसद् सचिवालयका कर्मचारीको स्वाब लिइएको थियो ।

सांसद यादव चढेको गाडीका तीन जनामा संक्रमण देखिएको थियो ।वैज्ञानिक वन क्षेत्र व्यवस्थापनमा भएको कमजोरीमाथि उजुरी परेपछि संसदीय उपसमितिको टोली सिन्धुली हुँदै बारा–पर्सासम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्