२३ बैशाख २०८१, आईतवार

 

काठमाडौंमा उपत्यकामा कोरोना संक्रमित हजार नाघे

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयको शनिबारसम्मको तथ्यांकअनुसार उपत्यकामा संक्रमित संख्या १ हजार ४४ पुगेको छ ।

तीमध्ये काठमाडौंका ८२२, ललितपुरका १३७ र भक्तपुरका ८५ जना छन् । अहिले उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ सय ६ जना छ । शनिबार उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए ।

पछिल्लो समय उपत्यकामा संक्रमणको जोखिम बढेसँगै संक्रमितहरू थपिने क्रम बढ्दो छ। उपत्यकामा अहिलेसम्म एकै दिन १ सय ६ जनासम्म संक्रमित भेटिएका छन्।

अहिले उपत्यकामा संक्रमित भेटिएका ठाउँहरूलाई सिल गर्ने काम भइरहेको छ। देशभर कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ छ। जसमा ६ हजार २ सय ६ जना सक्रिय संक्रमित छन् भने ७३ जनाको मृत्यु भएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्