४ जेष्ठ २०८२, आईतवार

 

काठमाडौं–१४ मा कोरोना संक्रमण झन् फैलिएपछि सतर्कता अपनाउन वडा समितिको आग्रह

काठमाडौं महानगरपालिका–१४ मा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको भन्दै सतर्कता अपनाउन वडासमितिले स्थानीयलाई आह्वान गरेको छ । समिति अध्यक्ष शोभा सापकोटाले बिहीबार विज्ञप्ति जारी गर्दै वडामा कोरोना महामारी समुदाय स्तरमा पुगेको जनाएकी हुन् ।

‘यस्तो अवस्थामा घरबाहिर ननिस्कन, एकाघरमा बसेका मानिसबाहेक अरू आफन्त नातेदार, साथीहरू कसैसँग सम्पर्क नगर्न, सबैकोमा आउजाउ नगर्न, पाहुना हुन नजान र पाहुना नबोलाउन, जो जहाँ छौं त्यही बसेर चाडबाड मनाउन आग्रह गर्दछौं,’ उनले भनेकी छन् ।

वडाले अत्यावश्यकबाहेकका सेवा १५ दिनका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ। वडा नं। १४ मा खड्का गाउँ, कलंकी, बाफल, लामपाटी, रविभवन, गोदारगाउँ, मदननगर बल्खु, बल्खु तरकारी बजार, त्रिवि परीक्षा नियन्त्रण कार्यालय, ट्याङ्ला फाँट, कुलेश्वर, सरस्वती टोललगायत क्षेत्र पर्छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung