३ श्रावण २०८३, आईतवार

 

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एक रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ। तीनै पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५, डिजेल र मट्टीतेलको मूल्य ९१ रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य परिवर्तन नगरिएको निगमले जनाएको छ ।

भारतबाटै तेलको मूल्य बढेर आएकाले पछिल्लो समायोजन गरिएको निगमले दाबी गरेको छ। मूल्य समायोजनपछि पनि भारतभन्दा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३० रुपैयाँ ७१ पैसा र डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ २७ पैसाले सस्तो रहेको निगमको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung