४ श्रावण २०८३, सोमबार

 

शिवम् सिमेन्ट्सको नाफा साढे ४५ करोडले घट्यो

शिवम् सिमेन्ट्सको नाफा ४५ करोड ६२ लाख रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ नाफा गरेको कम्पनीले गत वर्ष १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ मात्रै नाफा गरेको हो ।

कम्पनीको वित्तीय विवरणअनुसार आम्दानीसँगै खुद नाफा पनि घटेको छ । लकडाउनका कारण अन्य व्यवसायमा जस्तै उत्पादन र बिक्री वितरणको लक्ष्य हासिल गर्न कठिनाइ भएको कम्पनीले जनाएको छ ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ११ अर्ब ३४ करोड ५१ लाख रुपैयाँबाट घटेर ९ अर्ब ९० लाख रुपैयाँमा सीमित भएको छ। ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ ३ अर्ब २३ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको सेयर प्रिमियम ९४ करोड २ लाख रुपैयाँ छ । चुक्ता पुँजी स्थिर रहे पनि अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा घटेपछि कम्पनीको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३४ रुपैयाँ ४२ पैसा रहेको कम्पनीको यस्तो आम्दानी गत आवको सोही अवधिमा घटेर २४ रुपैयाँ ६ पैसामा सीमित भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ४३ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात २४.८५ गुणा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung