५ जेष्ठ २०८१, शनिबार

 

बागलुङमा आमा छोरासहित ३ जनामा कोरोना

बागलुङमा मंगलबार आमा छोरासहित तीन जना कोरोना संक्रमणका बिरामी थपिएका छन् ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा जिल्लाको बरेङ गाउँपालिका–२ का ६ वर्षीय बालक र २५ वर्षीय आमालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

साउन २७ गते भारतदेखि आएर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि बागलुङ बजारको आईसोलेसनमा ल्याउने तयारी भैरहेको छ ।

यस्तै बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुषलाई पनि संक्रमण पुष्टि भएको छ ।भारतदेखि आएर क्वारेन्टाइनमा बसेका बागलुङ नगरपालिका–१३ का २५ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।

यससँगै बागलुङमा कोरोना संक्रमितको संख्या २ सय ७१ पुगेको छ । त्यसमध्ये २ सय ४६ जना निको भएर घर फर्किएका छन भने १ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्