३१ बैशाख २०८२, बुधबार

 

निषेधाज्ञामा पनि सेयर बजार बन्द नहुने

सेयर बजारमा बुधबार नेप्से सूचक १३९१.२९ अंकमा पुगेर बन्द भएको छ । १ हजार ४ सय ९.४४ विन्दुबाट सुरु भएको सूचक दिनभरि १६.६ अंकले घटेर बन्द भएको छ । बुधबार सेयर बजारमा १.१८ प्रतिशतले गिरावट आयो।

कारोबारको आधा घण्टामा सूचक घटेर १ हजार ३ सय ८७.२४ विन्दुमा आइपुगेको थियो । त्यसपछि सेयर बजार एकैनासले १३ सय ९० अंकको वरिपरि रहेको थियो ।

सरकारले उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा गर्ने निर्णय गरेसँगै सेयर बजार घट्न पुगेको एक लगानीकर्ताले बताए । निषेधाज्ञा भए पनि सेयर बजार बन्द नहुने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डले सेयर बजार प्रविधिमैत्री बनिसकेको र अनलाइनमार्फत सेयर कारोबार गर्न सकिने बजार तत्काल बन्द गर्ने कुनै निर्णय नभएको बताएको छ । लगानीकर्ताहरूले अनलाइन मार्फत नै अनलाइन युजर र पासवर्ड लिन सकिने सुविधा आएकाले सेयर बजार बन्द नहुने बोर्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung