५ जेष्ठ २०८१, शनिबार

 

छुट्टीमा घर आएका बागलुङका एक सुरक्षाकर्मीमा कोरोना

छुट्टीमा घर आएका बागलुङका एक सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सेनामा कार्यरत बागलुङ नगरपालिकाका २६ वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिएको धौलागिरि अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले बताए ।

लमजुङमा कार्यरत उनी घर आएको केही दिनमा ज्वरो, खोकीलगायत लक्षण देखिएपछि उपचारका लागि धौलागिरि अस्पताल पुगेकोमा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

संक्रमित पुरुष बागलुङ नगरपालिका–३ मा परिवारसँगै बस्दै आएका थिए । ‘अहिले पनि उहाँलाई खोकी लागिरहेको छ,’ डा. पोखरेलले भने, ‘अस्पताल आएपछि नै आइसोलेसनमा भर्ना गरिएको थियो, अहिले कोरोना पुष्टि भएको छ ।’

अब ती सुरक्षाकर्मीको सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट टे«सिङ गर्ने तयारी भइरहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

उनको सम्पर्कमा रहेकाहरूलाई होम क्वारेन्टाइनमा बस्न र पीसीआर परीक्षणका लागि नगरपालिकासँग सम्पर्क गर्न आग्रह गरिएको पनि खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्