५ जेष्ठ २०८१, शनिबार

 

वीरगन्जमा कोरोनाले थप एक महिलाको मृत्यु, वीरगन्जमा मृतकको संख्या ३७ पुग्यो

वीरगन्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा एक महिलाको मृत्यु भएको हो ।

१४ दिनअघि नै संक्रमण पुष्टि भएकी पर्साको वीरगन्ज महानगरपालिका–१२ की ५६ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको अस्पतालकी सूचना अधिकारी भूमिका अधिकारीले जानकारी दिइन्।

‘उहाँमा थाइराइडको समस्या समेत थियो,’ उनले भनिन्, ‘२२ साउनमा स्वाब संकलन गरी परीक्षण गर्दा साउन २४ मा कोरोना संक्रमणको रिपोर्ट आएको थियो ।’ ज्वरो, खोकी, श्वासप्रश्वासको समस्यासमेत देखिएपछि आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो।

अवस्था गम्भीर बनेपछि उनलाई १२ घण्टादेखि भने भेन्टिलेटरमा राखिएको अधिकारीले जानकारी दिइन् । योसँगै वीरगन्जमा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्