५ जेष्ठ २०८१, शनिबार

 

बागलुङमा थप दुई जनालाई कोरोना पुष्टि, बागलुङ बजारमा संक्रमितको संख्या १३ पुग्यो

कोरोना भाइरस कोभिड १९ समुदायस्तरमा फैलिने क्रम बढेर गएसँगै बागलुङमा थप दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–२ का २० वर्षिय दुई जना पुरुषलाई संक्रमण देखिएको हो ।

दुवै जना संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेको बागलुङ नगरपालिकाका नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।
उनीहरु बानपा–३ मा कुखुरा व्यवसाय गरि बस्ने ३८ वर्षिय महिलाको सम्पर्कमा आएकाले पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताए । उनीहरु होम क्वारेन्टाइनमा रहेको र धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

धौलागिरी अस्पतालको आइसोलेशनमा ६ जना महिला र १२ जना पुरुष गरी १८ जान रहेका छन् ।यससँगै बागलुङमा कोरोना संक्रमितको संख्या २ सय ८३ पुगेको छ । त्यसमध्ये २ सय ६० जना निको भएर घर फर्किएका छन भने १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्