५ जेष्ठ २०८१, शनिबार

 

बागलुङमा संक्रमित सैनिककी आमालाई पनि कोरोना, दुवै जना धौलागिरि अस्पतालको आइसोलेसनमा

बागलुङ नगरपालिका–१२ अमलाचौरकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । ५४ वर्षीया उनी अहिले वडा नं ३ गुठीमा डेरा लिएर बस्दै आएकी छिन् ।यसअघि नेपाली सेनामा कार्यरत उनका छोरालाई पनि कोरोना देखिएको छ ।

ज्वरो आएपछि ३ गते अस्पताल गएका उनको ५ गते रिपोर्ट आउँदा पोजिटिभ देखिएको हो । अहिले आमाछोरा दुवै जना धौलागिरि अस्पतालको आइसोलेसनमा छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा पीसीआर परीक्षण गर्दा मंगलबार ती महिलाको रिपोर्ट पोजिटिभ आएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।

छोरालाई कोरोना देखिएपछि महिलालाई पनि ७ गते नै धौलागिरि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । महिलामा दम, खोकीको समस्या भएकाले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्वाब संकलन गर्नासाथ अस्पताल ल्याइएको खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्