३१ बैशाख २०८२, बुधबार

 

उपत्यकामा निषेधाज्ञा खुकुलो, के खुल्यो, के खुलेन?

 

काठमाण्डू उपत्यकाका तीनवटै जिल्लामा कोरोनभाइरस सङ्क्रमण रोक्ने प्रयासमा लागु निषेधाज्ञा खुकुलो पार्ने निर्णय भएको अधिकारीहरूले बताएका छन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, “सबैले अपनत्व लिने र जनजीविकाका कुराहरूलाई अघि लिएर जाने गरी सचेत भएर काम गर्ने गरी एक साताका लागि थप निषेधाज्ञा गर्ने निर्णय भएको छ।”

“तर यस्तो सहजीकरण गर्दा स्वास्थ्यको मापदण्ड पूर्ण पालन गर्नुपर्छ।”उपत्यकाभित्र कोरोनाभाइरस सङ्क्रमण बढ्दै गएपछि गत भदौ ३ गते राति १२ बजेदेखि पहिलोपटक र त्यसपछि एक-एक साता गर्दै बिहीवारसम्म निषेधाज्ञा लम्ब्याइएको थियो।निषेधाज्ञा लगाइए पनि काठमाण्ठू उपत्यकाको सङ्क्रमण दर भने खासै नघटेको तथ्याङ्कले देखाउँछ।

मङ्गलवार उपत्यका नगरपालिका फोरमको बैठकले नाकाहरूमा कडाइ गरेर निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएको थियो।बुधवार साँझ तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निषेधाज्ञा खुकुलो पारिएको जनाएका छन्।

के गर्न पाइने, के नपाइने?

नयाँ नियम अनुसार निजी र सार्वजनिक दुवैखाले सवारीसाधनलाई सुरक्षा मापदण्ड अपनाएर जोरबिजोर प्रणालीमा चलाउन पाइनेछ।सार्वजनिक यातायात १६ सिटभन्दा माथिको र ट्याक्सी चल्न पाउनेछन्।

त्यस्तै दैनिक उपभोग्य सामानका पसलहरू समय तोकेर सञ्चालन गर्ने, निजी कार्यालय, उद्योगहरू स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर चलाउन दिने अधिकारीहरूले बताएका छन्।

उपत्यकाहोटल र रेस्टुँराहरू भने खुल्ने छैनन्। त्यस्तै भेलाहरू, भोजभतेर, जात्रा र महोत्सवलगायतका कार्य पनि गर्न पाइने छैन। तर दिउँसो १२ बजेदेखि बेलुकी ७ बजेसम्म टेकअवे र पुर्याइदिने व्यवस्था गर्न पाइने छ।

सैलुन, ब्युटिपार्लर, स्पा र चिडियाखाना पनि खोल्न नपाइने व्यवस्था गरिएको छ।सुरक्षा मापदण्ड विपरित श्रमिकहरूको ओसारपसार लगायतका गतिविधिमा पनि रोक लगाइएको छ।नयाँ नियम अनुसार बिहान ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म उपभोग्य वस्तुका सामान बिक्री गर्ने पसल खोल्न पाइनेछ।

त्यस्तै निर्माण सामग्रीका पसलहरू दिउँसो २ देखि साँझ ७ बजेसम्म खोल्न दिने व्यवस्था गरिएको छ।सहकारीहरू बिहान ११ देखि दिउँसो ३ बजेसम्म, सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसलहरू सोमवार, बुधवार र शनिवार मात्र खोल्न पाइनेछ।

भाँडा पसलहरू आइतवार, मङ्गलवार र शुक्रवार मात्र खोल्न पाइने तथा फर्निचर र अटो मोबाइल पसलहरू सोमवार र बुधवार मात्र खोल्न दिइनेछ।

उपत्यकाफुटपाथ र डिपार्टमेन्ट व्यापर बिहान ११ बजेसम्म र दिउँसो ४ देखि साँझ ७ बजेसम्म खोल्न सकिनेछ।सवारीसाधन मर्मत केन्द्र बिहान ८ देखि बेलुका ८ बजेसम्म खोल्न पाइनेछ।

सङ्क्रमण सङ्ख्या

उपत्यकामा सङ्क्रमण कम गर्न निषेधाज्ञा लगाइएको भनिए पनि उपत्यकामा सङ्क्रमण चाहिँ खासै कम भएको छैन।बुधवार मात्रै उपत्यकामा ४६४ जना सङ्क्रमित थपिएका छन्।बुधवार थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाण्डू जिल्लाका ३९४ जना रहेका छन्।त्यस्तै भक्तपुरमा ३६ र ललितपुरमा ३४ जना थपिएका छन्।बुधवारको नयाँ व्यवस्था भदौ ३१ गते राती १२ बजेसम्मका लागि लागु हुनेछ।

बीबीसीनेपालीबाट

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung