५ जेष्ठ २०८१, शनिबार

 

दुई प्रहरीसहित गण्डकीमा थप ७१ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा कास्कीमा २१, लमजुङमा १६, बाग्लुङमा ३१ र नवलपरासी पूर्वमा तीन जनामा संक्रमण देखिएको हो । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ७४४ पुगेको छ ।

संक्रमितमध्ये दुई जना प्रहरी छन्। यस्तै सात जना पोखराको तेर्सापट्टीमा अपार्टमेन्ट निर्माणका कामदार छन्। यस्तै एक जना लमजुङको मध्यनेपाल–६ का शिक्षक छन् । बागलुङका संक्रमित विदेशबाट आइ होम क्वारेन्टाइनमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्