२२ बैशाख २०८१, शनिबार

 

२४ घण्टामा १,९११ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९११ कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरमा थप १ हजार ९११ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

उनका अनुसार २४ घण्टामा ९६१ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्