२३ बैशाख २०८१, आईतवार

 

शुक्रबार थपिए अहिलेसम्मकै धेरै संक्रमित, संख्या ८२४५० पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ । याे अहिलेसम्मकाे धेरै संख्यमा काेराेना पुष्टि भएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ३ सय ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६० हजार ९ सय ९६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर २१ हजार २ सय ३४ जना संक्रमित रहेका छन् भने ४ हजार ८ सय ८५ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस्