७ जेष्ठ २०८१, सोमबार

 

स्मार्टडोकोमा सामसङ ग्यालेक्सी जेट फोल्ड–२ को प्री–बुकिङ खुला

स्मार्टडोकोले लामो प्रतीक्षापछि सामसङ ग्यालेक्सी जेट फोल्ड २ का लागि प्री–बुकिङ खोलेको छ । कम्पनीका अनुसार यसको मूल्य २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ छ ।

यो स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ भने किताबजस्तै फोल्ड गर्न मिल्ने सुविधा र ह्यान्ड्स–फ्री क्यामेरा छ । प्री–बुकिङ गर्दा १९ हजार ९ सय ९९ रुपैयाँ मूल्यको सामसङ ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाइनेछ । ग्राहकले एकपटकका लागि १२ महिनाको ब्रेकेज बिमा पनि प्राप्त गर्ने कम्पनीको भनाइ छ । सामसङ ग्यालेक्सी जेट फोल्ड–२ वेबसाइटबाट प्री–बुकिङ गर्न सकिनेछ । त्यसै गरी ग्राहकले ९८०१०१३३११ वा ९८०२००२८७० मा पनि सम्पर्क गर्न सक्नेछन् । प्री–बुकिङका लागि ५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । बाँकी रकम ह्यान्डसेट पाएपछि दिँदा हुन्छ ।

आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्राले नेपालमै पहिलोपटक सामसङको ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन स्मार्टडोकोबाट प्री–बुकिङ गराउन पाउँदा उत्साहित भएको बताए । ‘यो स्मार्टफोन एकदमै राम्रो र अपग्रेड भर्जनको साथ नेपाली बजारमा उपलब्ध गराइनेछ,’ उनले भने । प्री–बुकिङ असोज २८ गतेसम्मलाई मात्र खुला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्