५ जेष्ठ २०८१, शनिबार

 

सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, होला त फेरि लकडाउन ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको बताएको छ ।

स्वास्थ्य तथा जसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक रुपमा कोरोना संक्रमितको संख्या उच्च दरमा बढिरहेको भन्दै यस्तै अवस्था रहेमा अस्पतालहरुले थेग्न नसक्ने बताएका हुन् ।

अहिले लकडाउन गर्ने बारेमा केही बोलेनन् ।

‘यही दरमा संक्रमण बढेमा अस्पतालले यो भार थेग्न सक्दैन । अस्वभाविक रुपमा बढेको भीडभाड, दूरी कायम  लगायतका व्यवहारले संक्रमण तिव्र गतिमा बढेको छ’ उनले भने ।

यसअघि डा. गौतमले प्रेस बिफिङका क्रममा संक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने बताएका थिए ।

नजिकिँदो चाँडमा किन्न जाने र भीडभाड गर्नेहरुले कोरोना महामारीलाई बिर्सिएको हो कि भन्दै उनले प्रश्न गरे ।

 

आज नेपामा थप ३ हजार ४ सय ३९ जनामा स‌क्रमण देखिएकाे छ ।  देशभर २५ हजार ७ सय बढी सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्