प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइएको प्रभु लाइफका सीईओ नारायणप्रसाद पौडेलले बताए ।
उनले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको जानकारी दिए । बोर्डबाट अनुमति पाउनसाथ प्रक्रिया अघि बढ्ने पौडेलले सुनाए । कम्पनीको साधारणसभा असोज २९ गते हुँदै छ ।
कम्पनी सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ । आईपीओ निष्कासनपछि कम्पनीको पुँजी २ अर्ब रुपैयाँ हुनेछ । यसमा संस्थापकको १ अर्ब ४० करोड रुपैयाँ लगानी छ ।













































































































































































































