५ जेष्ठ २०८१, शनिबार

 

यी दुई कम्पनीका औषधि र सेनिटाइजर प्रयोग नगर्न औषधि विभागको आग्रह

औषधि व्यवस्था विभागले काठमाडौं र भक्तपुरका दुई कम्पनीका उत्पादनहरुको बिक्री वितरणमा रोक लगाएको छ । दुवै कारखानालाई स्पष्टीकरण सोध्दै उत्पादन र बिक्री वितरण बन्द गर्न सार्वजनिक सूचना गरेको हो।

बजारमा विक्रि वितरण भइरहेको काठमाडौंको सुसन्क्या इन्डस्ट्रीज प्रालिद्धारा उत्पादित एरोसफ्ट इन्ट्यान्ट ह्याण्ड सेनिटाइजर उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ। सेनिटाइजरका नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड इन्ट्यान्ट ह्याण्ड सेनिटाइजर (अल्कोहल बेस) सम्बन्धी स्तर २०७६ विपरीत विषाक्त रसायन (मिथानोल) समावेश भएको तथा मापदण्ड विपरीतका समिश्रण पाइएको विभागले जनाएको छ।

यसले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुदा सर्वसाधारणलाई प्रयोग नगर्न–नगराउन विभागले सूचनामार्फत आग्रह गरेको छ।
साथै विभागले भक्तपुरको सिटीएल फर्मास्युटिकल्स प्रालिद्धारा उत्पादित एलेक्सोफेन –१२ (फेक्सोफेनाडिने हाइड्रोक्लोराइड ट्याम्बलेट्स युएसपी) औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोगमा पनि रोक लगाएको छ। ब्याच नम्बर एएलइ ३३ रहेको उत्पादन मिति डिसेम्बर २०१९ र उपभोग्य मिति नोभेम्बर २०२१ सम्म रहेको ब्याच नम्बर एएलइ ३३ को उक्त औषधिमा रोक लगाएको हो।

प्रतिक्रिया दिनुहोस्