५ जेष्ठ २०८१, शनिबार

 

बुटवलमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा थप चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । असोज २१ गते अस्पताल भर्ना भएका उनीहरुको आइतबार मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना पुरुष र दुई महिला छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ की ६१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ। उपचारको क्रममा आज बिहान २ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । उनमा असोज २१ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । उन श्वासप्रश्वासको समस्या देखिएको अस्पतालले बताएको छ ।

यस्तै, बुटवल उपमहानगर–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको छ।

यसगरी तिलोत्तमा नगरपालिका–३ का ६६ वर्षीया महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ। ती महिला उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगी थिइन्।

यस्तै, बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्