२ जेष्ठ २०८२, शुक्रबार

 

ग्यास सिलिण्डरको भाउ २१ सय

नेपाल एलपी ग्यास उद्योग संघले उच्च हिमाली क्षेत्रबाहेक अन्य ठाउँमा खाली सिलिण्डरको मूल्य २१ सय रुपैयाँ तोकेको छ । संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार उपभोक्ताको हित र उद्योग जोगाउन सिलिण्डरको मूल्य तोकिएको हो ।

एक महिना अघि वागमती प्रदेशमा सिलिण्डरको मूल्य तोकेको संंघले अहिले भने उच्च हिमाली क्षेत्र बाहेक देशका अन्य ठाउँमा भने सिलिण्डरको मूल्य २१ सय रुपैयाँ तोकेका छ । उपभोक्ताले खाली सिलिण्डर २४ सय रुपैयाँसम्म किनिरहेका छन् ।

कसैले बढी मूल्यमा बेचे कारबाही गरिने भण्डारीले बताए । सिलिण्डर बेचेवापत डिलरले सय रुपैयाँ पाउनेछन्। संघले यो निर्णय कार्यान्वयनका लागि उपभोक्तालाई बिल दिनुपर्ने नयाँ व्यवस्था समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung