२० बैशाख २०८१, बिहीबार

 

सुनको मूल्य घट्यो

बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको ९५ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ ।महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाले घटेर तोलाको १२ सय ५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्